११ औं स्यार्पू पर्यटन मेला प्रदेश प्रमुख परियारले गरे उद्घाटन

प्रचण्ड खत्री
रुकुम पश्चिम,१२ असोज ।
रुकुम पश्चिमको बाफिकोट गाउपालिका वडा नम्बर ३ स्यार्पू दहमा लाग्दै आएको मेला यस बर्ष पनि उद्घाटन गरिएको छ | कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले ब्यानर पढेर उत्घाटन गरेका हुन | कार्यक्रममा बोल्दै प्रमुख अतिथि परियारले स्यार्पूको बिकास निम्ति आफु सकारात्मक रहेको बताए | स्यार्पू तालको बिकासको निम्ति आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे |
स्यार्पूताल कर्णाली प्रदेशको गहना भएकाले केहि सुधार भएको र अझ यसलाई मजबुत बनाएर लैजाने व्यक्त गरे |
विशेष अतिथि कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्रि रातो कामीले आफु कर्णाली प्रदेशको सदस्य हैसिय स्यार्पूमा बिकास गर्ने जिकिर गरे | स्यार्पूताल कर्णाली प्रदेशको गहना भएकाले पर्यटनको क्षेत्रमा कसरि बिकास गर्न सकिन्छ भने बिषयमा आफुले आफुले अन्य मन्त्रालय संग छलफल गरेको प्रस्ट पारे |
स्यार्पू पर्यटनको संग जोडीएकाले यसको बिकास गर्न आफु तयार रहेको बताए | खेलकुद बिकास समितिका गाउपालिका अध्यक्ष सन्देश केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख परियारको प्रमुख आतित्यता रहेको थियो | त्यस्तै कर्णाली प्रदेशका मन्त्री कामीको बिशेस आतित्यता रहेको थियो |
नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य महेन्द्र केसी , नेपालि कांग्रेसका जिल्ला उपसभापति हर्कसिहं खत्री , नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देबकोटा , नेकपा माओबादी केन्द्रका कर्णाली प्रदेश सदस्य धर्मबहादुर केसी , गाउपालिका अध्यक्ष जनककुमार बाठा , प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओली लगायतको कार्यक्रममा सहभागिता रहेको थियो भने संचालन हिरालाल केसीले गरेका थिए | मेलामा बिभिन्न खेलको आयोजना गरिएको छ |






