आर्थिक अभाव हुदा उपचार गर्न समस्या

बरम बहादुर ऐडि
मुगु गमगढि १२ साउन ।
मुगुम कारमारोङ्ग गाउपालिका वडानं ७ मह गाउँ बस्ने बाबु टेसाङ कामि र आमा मिमजाम कामि को ४ वटा सन्तान जन्मिएका छन । ३ वटा छोरा र एउटा छोरि जन्मियकि छन् र उनको नाम साङ्मु कामि हो । उनी जन्मेको ७ बर्ष भयको उनका आमा बुवाले जानकारि दिए । छोरि अहिले सम्म हिडडुल गर्न नस्कने र हाम्रो साहारामा खाना खुवाउने र दिसा पिसाब गर्न समस्या भएको जानकारि दिएका छन् ।

अार्थिक समस्याले कहिकतै उपचार गर्न नसकेको र कहि कतै बाट अहिले सम्म स्थानिय निकाय तथा सरकारि निकाय बाट सहयोग नभयको गुनासो गरेका छन। एक पटक कर्णालि सामुदायिक बिकास केन्द्रले थोरै मात्रामा ८ वटा कुखुरा तेल ४ पाकेट ,१ केजि दाल,३० केजि चामल साबुन ४ वटा उप्लब्ध गरायको जानकारि गराए का छन ।

यो सङगै का साथि हरु बिध्यालयमा पढ्ने गरेका र उनिलाई देख्दा आखाबाट आसु बग्ने गरेको साङ्मुका अभिभावकले बताका छन । सामान्य गमगढि मा आउन पनि उपचारको लागि गाडि भाडा र गमगढि होटेलमा बस्दा खर्चको अभाबमा सास्ति हुने गरेको बताएका छन।
उनका आमा र बुवाले भोटे बस्तिमा दलित परिवारमा जन्मेकोले राम्रो सङ्ग नेपालि भाषा पनि नबुझ्ने गरेको भनेका छन ।आज गमगढि जिल्ला अस्पतालमा चेक गराउदा त्याहाका डाक्टरले तल सुबिधा सम्पन्न अस्पतालमा लिय पछि ठिक हुन्छ भनेर भने अनि अपाङ्ग परिचयपत्र बनाउनको लागि कुरा गर्दा वडा को सिपारिस चाहिन्छ भने ।

मेरो छोरिको उपचारको लागि स्थानिय सरकार सं सस्था लगायत अन्य जो कोहि बाट रुपैयाँ सहयोग भएमा उपचारको लागि जाने र म आफैले उपचार गर्न मेरो घरको अवस्था कमजोर भएको दुखेसो गरेका छन।




