कर्णालीमा सडकहरुमा दुर्घटना बढ्दै गएपछि टाइम कार्ड लागु गरिँदै

सुर्खेत १२ साउन ।

कर्णालीमा सडकहरुमा दुर्घटना बढ्दै गएपछि टाइम कार्ड लागु गरिने भएको छ । त्यसका लागि प्रदेश ट्राफिक कार्यालयले कार्ययोजना तयार पारिरहेको छ । दुर्घटनाको उच्च जोखिममा रहेका सडक खण्डहरूमा तत्काल टाइम कार्ड लागु गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षण भुवनेश्वर तिवारीले बताए ।

विशेषगरी कर्णाली राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । साँघुरो र खाल्डै–खाल्डाले जीर्ण राजमार्गको अहिलेसम्म स्तरोन्नती हुन सकिरहेको छैन । जसका कारण सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन् । टाइम कार्ड लागु गरेपछि अनियन्त्रित रुपमा हुइँकिने र दुर्घटनामा कमी आउने विश्वास ट्राफिक प्रहरीले लिएको छ ।

प्रहरी उपरीक्षक तिवारी भन्छन्,‘ जहाँ–जहाँ दुर्घटनाको उच्च जोखिम छ त्यहाँ तत्काल टाइम कार्ड लागु हुन्छ । सुर्खेत–दैलेख सडक खण्डमा भने यसअघि टाइम कार्ड लागु भइसकेको अबस्था छ ।’ यस्तो सिस्टम लागु भएपछि सार्वजनिक सवारी साधनको गति नियन्त्रणमा आउने र दुर्घटनामा कमी आउने अपेक्षा हामीले लिएका छौं,’उनले भने ।

प्रदेश ट्राफिक कार्यालयले प्रस्तुत गर्ने वार्षिक विवरण अनुसार कर्णालीमा बर्षेनी सयौं नागरिकहरुले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ट्राफिक कार्यालयले उपलब्ध गराएको विवरण अनुसार विगत तीन आर्थिक बर्षमा कर्णालीमा सडक दुर्घटनामा परी ३९२ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७६–०७७ देखि ०७८–०७९ मा प्रदेश भर ४०२ वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् । जसमा आव २०७८–०७९ मा १८० जनाले ज्यान गुमाएका छन्, भने ३६२ जना गम्भीर घाइते भएका छन् । यस्तै आव ०७६–०७७ मा ९७ जनाको ज्यान गएको छ भने आव ०७७–०७८ मा ९८ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएको ट्राफिकसँग तथ्याङ्क छ ।

स्राेत ः राताेपाटी

कर्णालीमा सडकहरुमा दुर्घटना बढ्दै गएपछि टाइम कार्ड लागु गरिँदै

नागरिकता ऐनको संशोधन विधेयक संसदका दुबै सदनबाट

कर्णालीमा सडकहरुमा दुर्घटना बढ्दै गएपछि टाइम कार्ड लागु गरिँदै

आर्थिक अभाव हुदा उपचार गर्न समस्या

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!