एमाले कर्णालीले प्रदेश कमिटी सदस्यहरुको जिम्मेवारी टुंग्यायाे

सुर्खेत १२ साउन ।

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले सदस्यहरुको जिम्मेवारी टुंगो लगाएको छ । साउन ७ र ८ गते वीरेन्द्रनगरमा बसेको प्रदेश कमिटीको चौथो बैठकले सदस्यहरुको भूगोल र विभागको जिम्मेवारी टुंगो लगाएको हो ।

पत्रकार सम्मेलनमार्फत बुधबार बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष विनोदकुमार शाहले विभिन्न जनसंगठन, जनसंगठन समन्वय संयन्त्र र विभागहरुलाई पूर्णता दिएको जानकारी दिए । कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रको इन्चार्ज, सह–इन्चार्जको जिम्मेवारी पनि तोकिएको उनले बताए ।

बैठकले निर्वाचन विभागको प्रमुखमा कर्णबहादुर शाही, पार्टी स्कुल विभाग प्रमुखमा विनोदकुमार शाह र उपप्रमुखमा ताराकेशर गौतमलाई जिम्मेवारी दिइएको छ । यस्तै, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा सूर्यमणि गौतम, वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा टेकराज पछाई, स्थानीय विकास विभागको प्रमुखमा लालबहादुर रावत र सहकारी तथा गरिवी निवारण विभागको प्रमुखमा हरिहरनाथ योगीलाई जिम्मेवारी तोकिएको एमाले कर्णालीले जनाएको छ ।

यसैगरी जनसंगठन समन्वय संयन्त्रको संयोजकमा टेकराज पछाईलाई जिम्मेवारी दिइएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । प्रदेश अध्यक्ष शाहका अनुसार प्रदेश पदाधिकारीसहित ३५ सदस्यीय सचिवालय गठन पनि गरिएको छ । बैठकले पार्टी सदस्यता अभिलेख तथा नवीरकणका लागि जिल्ला कमिटीबाट प्रक्रिया पूरा भई अनुमोदनका लागि आएका पार्टी सदस्यलाई बैठकले प्रदेश पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको छ ।

स्थानीय तह निर्वाचनमा विभिन्न कारणले अपेक्षित परिणाम नआएको भन्दै आसन्न निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको अध्यक्ष शाहले जानकारी दिए । एमालेविरुद्ध पाँच दलीय गठबन्धन, पार्टी विभाजन, निर्वाचनमा आकांक्षीहरुको व्यवस्थापन गर्न नसक्नु र पार्टीभित्रैबाट असहयोग हुँदा स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको निष्कर्ष बैठकले निकालेको उनले बताए ।

एमाले कर्णाली प्रदेशका इञ्चार्ज यामलाल कँडेलले आगामी संघ र प्रदेशको चुनावमा एमाले कर्णालीमा पहिलो पार्टी बन्ने दाबी गरेका छन् । उनले कर्णालीमा एमाले पहिलो पार्टी बन्नका लागि दलहरु एक्लाएक्लै चुनावी मैदानमा हुनुपर्ने बताए ।

स्राेत ः कान्तिपुर

एमाले कर्णालीले  प्रदेश कमिटी  सदस्यहरुको जिम्मेवारी टुंग्यायाे

आर्थिक अभाव हुदा उपचार गर्न समस्या

एमाले कर्णालीले  प्रदेश कमिटी  सदस्यहरुको जिम्मेवारी टुंग्यायाे

एसईई को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!