न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा कर्णाली प्रदेश अस्पताल देशकै उत्कृष्ट

सुर्खेत । कर्णाली प्रदेशको प्रादेशिक अस्पताल कालागाँउ सुर्खेत न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा देशकै प्रादेशिक अस्पतालहरुमा सबैभन्दा उतकृष्ट बनेको छ ।

मिक्स साइमन इन्चिच्यूटको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले प्रत्येक ६ महिनामा गर्ने देशभरीका विभिन्न अस्पतालहरुको मुल्याङ्कनले यस्तो देखाएको हो ।

मुल्याङ्कनको क्रममा नेपालभरीका सेकेण्डरी लेबल वी ग्रेडका अस्पताहरुको लेखा, प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सापोट सर्भिस, व्यावस्थापन पक्ष, लगायत सबै प्रकारको अबस्था हेरेर मुल्याङ्कन गरिएको थियो त्यसमा कर्णाली प्रदेशको प्रादेशिक अस्पताल यो पटक गरी दुई पटक नेपालको सबैभन्दा उत्कृष्ट अस्पतालको रुपमा अंक प्राप्त गरेको मिक्स साइमन इन्चिच्यूट कर्णाली प्रदेशका संयोजक जनार्दन पाठकले बताए ।

१८ महिना अघि मात्रै मिक्स साइमन इन्चिच्यूटको सहयोगमा स्वास्थ्य मन्त्रालयले गरेको मुल्याङ्कनमा ६१ प्रतिशत अंक प्राप्त गरेर नेपालको सेकेण्डरी लेवल बी ग्रेडका अस्पतालहरुमा देशभरमा प्रथम भएको कर्णाली प्रादेशिक अस्पताललाई उछिन्दै त्यो भन्दा पछि लुम्बिनि प्रदेशको लुम्बिनि प्रादेशिक अस्पताल प्रथम भएको थियो ।

६ महिनाको अन्तरमा गरिने मुल्याङ्कका क्रममा २०७८ असोज पछिको मुल्याङ्कनमा पुन कर्णाली प्रदेशको प्रादेशिक अस्पतालले न्यूनतम सेवा मापदण्डमा गर्ने प्राप्त अंक माथि लिदै ७९ प्रतिशत लिएर अहिले नेपालको सबैभन्दा उत्कृष्ट अस्पताल बन्न सफल भएको मुल्याङ्कन समितिका संयोजक समेत रहेका डा. सर्भेश शर्माले बताए ।

कर्णाली प्रदेश अस्पताल बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ यसको भित्रि पक्ष पनि निकै सुन्दर हुदै गएको भन्दै मुल्याङ्कन समितिका संयोजक समेत रहेका डाक्टर शर्माले अस्पताल परिवार, अस्पतालको व्यावस्थापन पक्ष र अस्पतालमा कार्यरत कर्मचारी, अस्पतालका निर्देशक प्रा.डा. डम्वर खड्कालाई स्वास्थ्य मन्त्रालयको तर्फबाट धन्यावाद दिए ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञ बहादुर विसीले कर्णाली प्रादेशिक अस्पतालको सुधारिदो अबस्था देखेर विभागिय मन्त्री भएकोले आफुलाई खुसि लागेको बताए । ‘अस्पताललाई यहाँ सम्म पु¥याउने अस्पतालका निर्देशक डाक्टर खड्का लगायत कर्मचारीहरुलाई धन्यवाद दिदै मन्त्री विसीले मन्त्रालयका तर्फबाट अस्पताललाई गर्ने सहयोगमा कुनै कुराको कमि हुन नदिने भन्दै उनले अस्पतालमा कार्यरत कर्मचारीहरुलाई अझै मेहनतका साथ काम गर्ने निर्देशन दिए ।

अस्पताल यहाँ सम्म पुग्नुमा अस्पतालमा कार्यरत अस्पतालका कार्यालय सहयोगी देखि सम्पूर्ण कर्मचारीहरुको ठुलो भुमिका रहको भन्दै अस्पतालका निर्देशक प्रा.डा. डम्वर खड्काले सहयोगी सबैलाई धन्यवाद दिए । ‘अस्पताललाई बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ यसको सम्पूण व्यवस्थापन पक्षलाई पनि म सुन्दर बनाउन लागिरहेको छु प्रा.डा. खड्काले भने, ‘ यसका लागी सबैको सहयोगको अपेक्षा गरेको छु,।’

देशकै सबैभन्दा उत्कृष्ट अस्पताल हुन गएकोमा कर्णाली प्रादेशिक अस्पताल कर्णाली बासीका लागी गौरबको विषय भएको कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताए । कर्णाली प्रदेश अस्पतालले ७९ प्रतिशत ल्याएर नेपालकै सबैभन्दा उत्कृष्ट हुनु भनेको कर्णालीमा स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको प्रमाण कर्णाली प्रदेश अस्पतालले एक उदाहरण दिएको भन्दै उनले अब बाकि रहेको ३१ प्रतिशत काम पनि पुरा हुनेमा उनले विश्वास व्याक्त गरे ।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा कर्णाली प्रदेश अस्पताल देशकै उत्कृष्ट

मैत्रीपुर्ण भलिबल प्रतियोगितामा पत्रकारको टिम विजयी

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा कर्णाली प्रदेश अस्पताल देशकै उत्कृष्ट

वृद्धभत्ता ओली गुटले ल्याएको होइन : माधव

Leave a comment

Your email address will not be published. Required fields are marked *