पत्रकारले काम गर्ने मिडियाबाट नियुक्ति पत्र अनिवार्य लिएर मात्रै काम थाल्नुहाेस :अध्यक्ष खड्का

सुर्खेत । न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले पत्रकारले काम गर्ने मिडियाबाट नियुक्ति पत्र र न्युनतम पारिश्रमिक अनिवार्य लिएर मात्रै काम थाल्नुपर्ने बताएकी छन् ।
पत्रकारले तोकिएको न्युनतम पारिश्रमिक नपाउने गरेको बताउाँदै उनले यस्तो बताएकी हुन् । कतिपय पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ उसको खातामा हाल्ने पछि गएर सिस्टम मिलाउनका लागि पत्रकारलाई आफ्नो खाताबाट पैसा निकाल्न लगाइ मालिकले लिने गरेका उदारण धेरै छन्,‘उनले भनिन,‘ स्थायी र अस्थायी रुपमा काम गर्ने पत्रकारहरुको पारिश्रमिकका विषयमा समस्या भइरहेको छ। ’

बिहीबार वीरेन्द्रनगरमा भएको श्रमजीवी पत्रकारको अवस्था, चुनौती र भावी रणनीति विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा खड्काले स्टिन्जर र स्टोरिको आधारमा पत्रकारहरुलाई काम गर्ने लगाउँने पछि गएर तलब नदिँदा त्यस्ता पत्रकार धेरै नै मर्कामा परेको पनि उल्लेख गरिन् ।कार्यक्रममा सहभागि पत्रकारहरुको न्युनतमा पारिश्रमिकमा मिडिया मालिक नै दोषि रहको बताएका थिए ।

कर्णाली प्रदेशभरबाट सहभगाी पत्रकाहरुले मिडिया मालिकहरुले सबै प्रकारका समाचारमा काम गर्न लगाउँने महिनामा पारिश्रमिक दिँदा भोली–भोली भन्दै टारेको, समाचारदातालाई समाचार लेख्न लागउँने मालिकले भने रकमको डिल गर्ने र पैसा असुल्ने तर, समाचार तयार गर्नेलाई कुनै पनि कुरा थाहा नहुने जस्ता विषयहरु उठेका थिए ।
जवाफमा अध्यक्ष खड्काले स्थायी र अस्थायी रुपमा काम गर्ने पत्रकारहरुको पारिश्रमिकका विषयमा समस्या भएको बताइन् । उनले भनिन्, ‘स्टिन्जर र स्टोरिको आधारमा पत्रकारहरुलाई काम गर्ने लगाउँने पछि गएर तलब नदिँदा त्यस्ता पत्रकार धेरै नै मर्कामा परेकाका छन् ।

साथै न्युज बेस अनुसार काम गर्ने पत्रकारहरुले पारिश्रमिक नपाउँदा उनिहरुको धेरै जसो मिडियाले समयको वर्वाद गरेका छन् ।’

पत्रकारले काम गर्ने मिडियाबाट नियुक्ति पत्र अनिवार्य लिएर मात्रै काम थाल्नुहाेस :अध्यक्ष खड्का

मैत्रीपुर्ण भलिबल प्रतियोगितामा पत्रकारको टिम विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *