घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको निवासमा वडा अध्यक्षले गरे तोडफोड

कैलाली,११ मंसिर ।

घोडाघोडी नगरपालिकामा एक वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् । शनिबार राति नगर प्रमुख खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।

मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्रहार गरेपछि टेबुल फुटेका छन् ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीले घटनाबारे आधिकारीक रुपमा जानकारी प्राप्त नभए पनि नगरपालिकाका प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको बताए ।

समानुपातिकमा कांग्रेसभन्दा एमाले झण्डै एक लाख मतले

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!