लैगिंक हिंसा विरुद्ध वीरेन्द्रनगरमा जनचेतनामुलक कार्यक्रम

सुर्खेत,११ मंसिर ।

‘सभ्य समाजको पहिचान, लैगिंक हिंसा विरुद्धको अभियान’ भन्ने राष्ट्रिय नाराका साथ शुक्रवार देखि लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा सुर्खेतका सबै पालिकाका विभिन्न स्थानमा पहिलो दिन ¥याली सहित अन्य कार्यक्रम गरी लैगिंक हिंसा विरुद्धको १६ अभियानको सुरुवात गरिएको थियो भने अभियानको तेस्रो दिन आइतवार बिहान वीरेन्द्रनगर बसपार्कमा १६ दिने अभियानको अवसरमा जनचेतनामुलक कार्यक्रम गरीएको छ ।

उक्त कार्यक्रममा विभिन्न संघ सस्थाका पदाधिकारी, नेपाल प्रहरी, सवारी साधनका चालक, सहचालक, यात्रु, पत्रकार लगायत अन्य व्यक्तिहरुको पनि उपस्थिति रहेका थियो । यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म मनाउने गरिन्छ ।

लैगिंक हिंसा विरुद्ध वीरेन्द्रनगरमा जनचेतनामुलक कार्यक्रम

लगातार दोस्रो जित निकाल्दै फ्रान्स अन्तिम १६

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!