समानुपातिकमा कांग्रेसभन्दा एमाले झण्डै एक लाख मतले अघि

काठमाडौं,११ मंसिर ।

मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी छ। पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ। नेकपा (एमाले) दोस्रोमा छ भने तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ।

नेकपा (एकीकृत समाजवादी) १० सिटका साथ चौथो स्थानमा छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २३ लाख ६ हजार ८३३ मत प्राप्त गरेको छ। कांग्रेसले २२ लाख १० हजार २०९ मत पाउँदै दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९ लाख ६८ हजार ५९३ मत पाउँदा चौथो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २५ हजार ३३ मत प्राप्त गरेको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८७ हजार ४८४, जनता समाजवादी पार्टी, नेपालले २ लाख ८८ हजार १६२ र एकीकृत समाजवादीले २ लाख २२ हजार २३४ मत पाएका छन्।

समानुपातिकमा कांग्रेसभन्दा एमाले झण्डै एक लाख मतले अघि

चौबीस सिटमा बीस नयाँ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!