चौबीस सिटमा बीस नयाँ

सुर्खेत,११ मंसिर ।

कर्णाली प्रदेश सभाका प्रत्यक्षतर्फका २४ सिटमध्ये चार जना मात्रै पुराना सांसद दोहोरिएका छन्। २० जना नयाँ अनुहार प्रदेश सभामा प्रवेशका लागि जनताबाट अनुमोदित भएका छन्।

यसपालि दोहोरिने अनुहारमा कर्णालीका वन तथा वातावरणमन्त्री माओवादीबाट डोल्पा प्रदेश (क)बाट वीरबहादुर शाही, सुर्खेत क्षेत्र नं. २ (ख)बाट माओवादीका विन्दमान विष्ट, सुर्खेत क्षेत्र नं. २ (क)बाट नेकपा (एमाले)का यामलाल कँडेल र हुम्ला (ख)बाट कांग्रेसका जीवनबहादुर शाही निर्वाचित भएका छन् । उनिँ कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत हुन् ।

नयाँ अनुहारमा सुर्खेत क्षेत्र नं. १ (क)बाट नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल पहिलो पटक प्रदेश सभामा प्रवेश गर्दै छन् । यस्तै क्षेत्र नं. १ (ख)मा माओवादी केन्द्र कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण जीसी पनि नयाँ अनुहार हुन् । निवर्तमान दुल्लु नगरपालिकाका प्रमुखसमेत रहेका घनश्याम भण्डारी पनि पहिलो पटक प्रदेश सभामा प्रवेश गर्दै छन् ।

दैलेख २ (ख)मा एमाले कर्णालीका अध्यक्ष विनोदकुमार शाह विजयी भएका हुन् । यस्तै दैलेख क्षेत्र नं. १ (क)बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख)बाट कृष्ण बीसी विजयी भएका छन् । सल्यान प्रदेश सभा (क)बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भएका छन् भने प्रदेशसभा (ख)मा कांग्रेसका सुरेश अधिकारी विजयी भएका छन् । रुकुमपश्चिमका दुवै क्षेत्रबाट माओवादीका नयाँ उम्मेदवार सांसद निर्वाचित भएका छन् ।

रुकुमपश्चिम प्रदेश सभा (क)मा माओवादीका महेन्द्र केसी पनि नयाँ हुन् । यस्तै (ख)मा राजकुमार शर्मा विजयी भएका छन् । जाजरकोट प्रदेश सभा (क)मा कांग्रेसका वेदराज सिंह विजयी भएका छन् । प्रदेश (ख)मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन्

कालिकोट प्रदेश सभा (क)बाट माओवादीका दुर्गबहादुर रावत विजयी भएका छन् । कालीकोट प्रदेश सभा (ख)मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । डोल्पा प्रदेश सभा (क)मा एमालेका शेरबहादुर बुढा विजयी भएका छन् । हुम्ला प्रदेश सभा (क)बाट माओवादीका रणसिंह परियार विजयी भएक छन् ।

यस्तै मुगु (क)मा एमालेका जितबहादुर मल्ल विजयी भएका छन् । यस्तै मुगु (ख)मा माओवादीका मङ्गलबहादुर शाही विजयी भएक छन् । जुम्ला प्रदेश सभा (क)मा कांग्रेसबाट बागी उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी भएका छन् । यस्तै जुम्ला (ख)मा एमालेका टेकराज पछाई विजयी भएका छन् ।

गोरखापत्र

चौबीस सिटमा बीस नयाँ

पारिवारिक पुनर्मिलन गराउँदै आश्रम

समानुपातिकमा कांग्रेसभन्दा एमाले झण्डै एक लाख मतले

Leave a comment

Your email address will not be published. Required fields are marked *