पारिवारिक पुनर्मिलन गराउँदै आश्रम

सुर्खेत,११ मंसिर ।

मानव सेवा आश्रम सुर्खेतले हालसम्म १५० जनाको पारिवारिक पुनर्मिलन गराएको छ । सडकमा कष्टकर जीवन बिताइरहेका व्यक्तिलाई उद्धार गरेर मानव आश्रममा ल्याइएका १५० जनालाई पारिवारिक पुनर्मिलन गराइएको हो। कर्णालीलाई सडक मानवमुक्त गराउने उद्देश्यले २०७५ मा सुर्खेतमा मानव सेवा आश्रम स्थापना गरिएको हो।

मानव सेवा आश्रम सुर्खेतका संयोजक संजिता गौतमका अनुसार हालसम्म १५० जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ। अहिले ७६ जनाले आश्रय लिइरहेका छन्।

उनले आश्रममा उद्धार गरेर ल्याइएका २७ जनाको मृत्यु भएको र अन्त्येष्टिका लागि वीरेन्द्रनगर नगरपालिकालाई जिम्मा दिने गरेको जानकारी दिइन् । आश्रममा सामान्य कडा मानसिक समस्या भएका व्यक्ति छन्। उनीहरूका लागि मासिक रूपमा ५० हजार बढीको औषधि उपचार खर्च हुने गरेको उनले बताइन् ।

अहिले आश्रम भाडाको घरमा सञ्चालन भएको छ। उक्त भाडा वीरेन्द्रनगर नगरपालिकाले तिर्दै आएको जनाइएको छ। आश्रममा विभिन्न व्यक्ति, सङ्घ–संस्थाबाट आर्थिक तथा अन्य सहयोग हुँदै आएको उनले बताइन् ।

यसैबीच सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रम सुर्खेतलाई नगद र खाद्यान्न सहयोग गरेको छ। शनिबार सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले आश्रमका संयोजक सञ्जिता गौतमलाई नगद ६७ हजार, दुई बोरा चामल र एक बोरा दल सहयोग गरेका छन् । सो अवसरमा मन्त्री बुढाक्षेत्रीले कर्णालीलाई सडक मानवरहित बनाउन अभियानलाई सफल गराउन आश्रमले महत्वपूर्ण भूमिका खेलेको बताए ।

गोरखापत्र

पारिवारिक पुनर्मिलन गराउँदै आश्रम

दैलेख १ बाट समाजवादीका थापा विजयी

पारिवारिक पुनर्मिलन गराउँदै आश्रम

चौबीस सिटमा बीस नयाँ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!