दैलेख १ बाट समाजवादीका थापा विजयी

दैलेख,११ मंसिर ।

दैलेख निर्वाचन क्षेत्र न १ बाट प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अमरबहादुर थापा १८ हजार २९७ मतसहित विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रवीन्द्रराज शर्मा १७ हजार ४४७ मतमै सीमित भए  ।

थापाले ८२५ मतको फराकिलो अन्तरले जित हासिल गरेका हुन् । त्यस्तै दुई मुख्य प्रतिस्पर्धीलाई पछ्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीकुमारी शाहीले ४ हजार ६१२ मत प्राप्त गरिन् ।

दैलेख १ (ख)मा काँग्रेसका बिसी विजयी

दैलेख क्षेत्र नं. १ प्रदेश (ख) बाट सत्तारुढ गठबन्धन दल नेपाली काँग्रेसका कृष्णकुमार बिसी १० हजार ५४५ मतसहित विजयी भएका हुन् । भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रेमबहादुर थापा ९ हजार ४७१ मतमै सीमित भए  । बिसीले थापालाई एक हजार ७६ मतको फराकिलो मतान्तरले जित हासिल गरे ।

दैलेख २ (ख) मा एमालेका शाह विजयी

दैलेख जिल्ला निर्वाचन क्षेत्र न २ प्रदेश (ख) नेकपा एमालेका विनोदकुमार शाह विजयी भएका छन् । उनले सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्रका योगेन्द्र बहादुर शाहीलाई पराजित गरेका हुन् ।

शाहले ९ हजार ४६४ मत प्राप्त गरी विजयी भएका हुन् भने, निकटतम प्रतिद्वन्द्वी माओवादीका योगेन्द्रबहादुर शाहीले ९ हजार ३८९ मत प्राप्त गरे ।

दैलेख १ बाट समाजवादीका थापा विजयी

कर्णाली प्रदेश सरकार : एकल बहुमतको सम्भावना

दैलेख १ बाट समाजवादीका थापा विजयी

पारिवारिक पुनर्मिलन गराउँदै आश्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!