कर्णाली प्रदेश सरकार : एकल बहुमतको सम्भावना कम

सुर्खेत,११ मंसिर ।

कर्णाली प्रदेश सरकार गठनका लागि दलहरूको एकल बहुमत पुग्ने सम्भावना कम भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत कर्णालीको सार्वजनिक मतपरिणामअनुसार दलहरूको एकल बहुमत नपुग्ने देखिएको हो।

उसो त सत्तारूढ गठबन्धन र नेकपा (एमाले)बीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। सत्तारुढ गठबन्धनको भागबन्डामै एकल बहुमत आउने सम्भावना छ। निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै सरकार गठनको अड्कलबाजी भइरहेको छ।

कर्णाली प्रदेशमा २४ निर्वाचन क्षेत्र छन्। यी क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ २४ र समानुपातिकतर्फ गरी ४० प्रदेश सभा सदस्य निर्वाचित हुन्छन्। एकल बहुमत प्राप्त गर्नका लागि कुनै एक दलले कम्तीमा २१ सिट पाउनुपर्नेछ। कर्णालीका २४ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ।

कर्णाली प्रदेश सरकार :  एकल बहुमतको सम्भावना कम

YUGAAWHAN NATIONAL DAILY (2079-08-11)

कर्णाली प्रदेश सरकार :  एकल बहुमतको सम्भावना कम

दैलेख १ बाट समाजवादीका थापा विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!