लेकवेशीमा अवैध काठ बरामद

सुर्खेत ।
प्रहरीले सुर्खेतको लेकवेशीमा अ‍ैवध काठ बरामद गरेको छ ।

आईतवार लेकबेशी नगरपालिका-८, गन्नेपानीमा करिव ४५ क्यूफिट सालको काठ बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय.लेकबेशीले लेकबेशीबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको भे. १ ख २७७९ नं. को मिनिट्रकमा लुकाई छिपाई लैजाँदै गरेको अबस्था उक्त परिमाणको काठ बरामद गरेको हो ।

ट्रक, ट्रक चालक वीरेन्द्रनगर नगरपालिका-१२ का अशोक नेपाली, सहचालक बाजुराका डम्बर बडुवाल र गाडी मालिक दैलेख नारायण नरपालिका-१ का यम बहादुर तारामी मगरलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै प्रहरीले घटनास्थल नजिकै रहेको श्याम चपाईको घर पछाडि लुकाई छिपाई राखिएको अवस्थामा ६३ वटा सालको कडिसमेत बरामद गरेको छ ।

प्रहरीले श्याम चपाईलाई पनि पक्राउ गरेको छ । बरामद सालको एकसय ७३ वटा कडि (नापतौल नभएको) काठ, ट्रक तथा पक्राउ गरिएका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय र वन डिभिजन कार्यालय दशरथपुरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

लेकवेशीमा अवैध काठ बरामद

वडाध्यक्षसहित चारजनाबिरूद्ध विशेष अदालतमा मुद्दा दायर

लेकवेशीमा अवैध काठ बरामद

बालमैत्री वडा घोषणा

Leave a comment

Your email address will not be published. Required fields are marked *