तीन वर्षदेखि ओछ्यानमै थला परेका बालकको अवस्था सुधारोन्मुख

 

जाजरकाेट । 
नलगाड ६ पिउलिका एक बालक तीन वर्षदेखि आछ्यानमै थलिन बाध्य थिए ।

आर्थिक अवस्था कमजोर भएका ति बालक उपचारको अभावमा थला परेका हुन् । ३ साता पहिले उपचारको लागि जङ्ग बहादुर लाई सुर्खेत लिन खोजिएको थियो । तर, निको नहुने भन्दै अस्पताल नलैजान स्थानीयले उनका बुवा आमालाई सुझाव दिए ।

तर, पनि उनका बुवा आमाले छोराको उपचार गरेरै छाड्ने निधो गरे । साजिक अभियान्ता प्रकाश पन्तको सहायतामा जंगलाई उपचारका लागि सुर्खेत ल्याइयो । प्रकाश कै पहलमा उनको उपचारमा लाग्ने सम्पूणर् खर्च अस्पतालले नै व्यहोरी दियो ।

उपचार पश्चात बालकको अवस्था बिस्तारै सुधारोन्मुख अवस्थामा छ । खानासमेत आफै खान नसक्ने अवस्थाका बालक अहिले आफैले खाना खाने, हातखुट्टा चलाउने, बिस्तारै उभिने, आफै यताउता पल्टिने सम्मका क्रियाकलपा गर्न थालेका छन् । बालकको अवस्थामा विस्तारै सुधार हुँदै आएको प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नबराज केसीले जानकारी दिए ।

तीन वर्षदेखि ओछ्यानमै थला परेका बालकको अवस्था सुधारोन्मुख

अनेरास्ववियुको वनगाड नगर अध्यक्षमा वुढाथोकी

तीन वर्षदेखि ओछ्यानमै थला परेका बालकको अवस्था सुधारोन्मुख

पल शाहले गरे प्रहरीसामु आत्मसमर्पण

Leave a comment

Your email address will not be published. Required fields are marked *