अनेरास्ववियुको वनगाड नगर अध्यक्षमा वुढाथोकी

दुर्गा विसि
सल्लीबजार, १५ फागुन ।
नेकपा एमाले निकटक अनेरास्ववियुको बनगाड कुपिण्डे नगर सम्मेलन सम्पन्न भएको छ । नगर सम्मेलनबाट तेजेन्द्र वुढाथोकीको अध्यक्षतामा ३६ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।
अनेरास्ववियु बनगाड कुपिन्डे नगरपालिकाको प्रथम नगर अधिवेशन सल्यानको प्रसिद्ध ताल कुपिण्डे तालमा आयोजना गरिएको थियोे । सम्मेलनमा जिल्ला अध्यक्ष राजेश वलीको अध्यक्षता तथा अनेरास्ववियु स्थायी कमिटी सदस्य घनश्याम पुनको प्रमुख आतिथ्यतामा सल्यानको प्रशिद्द पर्यटकीय क्षेत्र कुपिन्डे तालमा शनिबार सम्पन्न भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष महेश देवकोटा, अतिथिहरु अनेरास्ववियुका निवर्तमान अध्यक्ष राम बहादुर केसी, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य प्रिन्स बस्नेत, अनेरास्ववियुका निवर्तमान सचिव पुष्कर विक, नेकपा एमाले बनगाड कुपिन्डे नगर कमिटी उप–सचिव प्रकाश बस्नेत, राष्ट्रिय युवा संघका जिल्ला कमिटी प्रविन घर्ती, अनेरास्ववियु सल्यानका उपाध्यक्ष एलिशा डिसी लगायतको उपस्थिति रहेको थियोे ।
साथै नगर अधिवेशनबाट ३६ सदस्यीय नगर कमिटी गठन गरिएको छ । नगर कमिटीमा अध्यक्ष तेजेन्द्र बुढाथोकी, उपाध्यक्ष दृष्टि बस्याल र प्रकाश बस्नेत, सचिवमा संन्दिप विक, सहसचिव दिनेश शर्मा र भरत विक, कोषाध्यक्षमा ममता बुढासहित ३६ सदस्यीय कमिटी घोषणा गरिएको छ । कार्यक्रम सञ्चालन अनेरास्ववियुका सल्यान जिल्ला उप–सचिव कृष्ण विसीले गरेका थिए ।







