प्रदेशसभाको लागि मुगु (क) बाट एमालेका मल्ल निर्वाचित
मुगु,१० मंसिर ।
जितबहादुर मल्ल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनिँ नेकपा एमाले मुगुको क्षेत्र (क) बाट निर्वाचित भएका हुन् । उनले छ हजार ६१८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोपालबहादुर बमले पाँच हजार ५४५ मत प्राप्त गरे ।
मुख्य निर्वाचन कार्यालयले प्रतिनिधिसभाको मतगणना जारी भएकाले प्रदेश सभा क बाट निर्वाचित भएका उम्मेदवारलाई घोषणा गर्ने तयारी भएको मुख्य निर्वाचन कार्यालयका अधिकृत दिलबहादुर बर्देवाले जानकारी दिए ।





