शान्तिपूर्ण रूपमा बूढीनन्दामा पुनः मतदान हुँदै

बाजुरा,१० मंसिर ।

बाजुराको बूढीनन्दा नगरपालिका–५ मा स्थगित भएको निर्वाचनमा मतदाताले आफ्नो मतदान शान्तिपूर्णरुपमा गरेका छन् । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच फर्जिमत खसालेको विषयलाई लिएर झडप भएपछि सो मतदान स्थलमा मतदान गर्ने कार्य स्थगित भएको थियो ।

झडप भएपछि त्यहाँका अधिकांश मतदाताहरूले स्वविवेक आफ्नो मतदान गर्न पाएका थिएन । आज सो मतदान केन्द्रमा थप प्रहरी प्रशासनको पहुँच भएपछि त्यहाँका स्थानीयले शान्तिपूर्णरुपमा आफ्नो मतदान गर्न पाएको त्यहाँका मतादाताहरूले बताएका छन् ।

मङ्सिर ४ गते स्थगितभएको बूढीनन्दा नगरपालिका–५ को नन्देश्वरी माविमा रहेको मतदान स्थलमा आज शनिबार बिहान सात बजेबाट पुनः मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बिहान सात बजेबाट सुरु भएको मतदान स्थलमा मतदाताहरूले शान्त र भयरहित वातावरणमा मतदान गरिरहेको बताए ।

मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जिल्लाका ७० वटा मतदान स्थल मध्ये सो मतदान स्थलको मतदान कार्य स्थगित भएकाले सो ठाउँमा आज पुनः निर्वाचन गर्नुपरेको बताए ।

बूढीनन्दा नगरपालिका वडा नं–५ को नन्देश्वरी मतदान स्थल क मा ९९९ जना मतदाता रहेका छन् । बूढीनन्दा नगरपालिका वडा नं –५ को स्थगित भएको मतदानमा पुनः निर्वाचन भएर मतपेटिका मार्तडीमा आइपुगेपछि मतगणनाका विषयमा छलफल हुने जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अवस्थीले बताए ।

प्रदेशसभाको लागि मुगु (क) बाट एमालेका मल्ल

आयोजक कतार बाहिरियो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!