हुम्लामा माओवादी केन्द्रका लामा विजयी

हुम्ला,१० मंसिर ।

सङ्घीय संसद्का लागि एक क्षेत्र रहेको हुम्ला जिल्लामा प्रतिनिधि सभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र) का छिरिङ् डम्डुुल लामा (कार्चेन) विजयी भएका छन् । लामा बाम लोकतान्त्रिक गठबन्धनबाट विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्य पदमा लामा विजयी भएको घोषणा गरे । माओवादी केन्द्रका लामाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार दल रावलभन्दा चार हजार ८५५ मत बढी ल्याएर विजयी भएका हुन् ।

कुल खसेको मतमध्ये लामाले १४ हजार ३७१ मत प्राप्त गरेका छन् भने रावलले नौ हजार ५१६ मत प्राप्त गरे । लामा रावल कर्णाली प्रदेश सरकारको पूर्वमन्त्री समेत थिए । यसैगरी, राप्रपाका तेजबहादुर रावतले ३७९ प्राप्त गरेका छन् ।

हुम्लामा माओवादी केन्द्रका लामा विजयी

अविरल अनि अविचलित पूर्णबहादुर

प्रदेशसभाको लागि मुगु (क) बाट एमालेका मल्ल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!