लिमीको जिम्बु काठमाडौँमा बिक्री

हुम्ला,१० मंसिर ।

उच्च हिमाली क्षेत्र लिमीका पाटनमा पाइने जिम्बु काठमाडौँमा बिक्री गर्न थालिएको छ। अर्गानिक र गुणस्तरीय जिम्बु हुने भएकाले सहरमा त्यसको माग भएपछि लिमीको एक सहकारी संस्थाले काठमाडौँको बजारमा पठाएको हो।

लिमी एकता तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष कुन्चोक तामाङले हिमाली क्षेत्रका पाटनबाट लिमीवासीले सङ्कलन गरेको जिम्बु सहकारी संस्थाले खरिद गरी काठमाडौँ पु–याइएको बताए ।

सहकारी संस्थाले लिमीमा प्रतिकेजी एक हजार पाँच सय रुपियाँमा खरिद गर्ने गरेको छ । यहाँ खरिद गरिएको जिम्बु काठमाडौँको बौद्धमा कर्णाली ब्यारेक स्थापना गरेर बिक्री गर्ने गरिएको तामाङले बताए । उनले यो जिम्बु काठमाडौँमा प्रतिकेजी दुई हजार रुपियाँमा बिक्री गर्न थालिएको बताए । काठमाडौँ पुगेको जिम्बु राम्रो बिक्री भइरहेको बताउँदै उहाँले अझै केही लगिने जानकारी दिए । सो ब्यारेकमा हुम्लाका अन्य अर्गानिक उत्पादन पनि बिक्री हुने गरेको छ ।

यस वर्ष लिमीबाट ५० केजी जिम्बु काठमाडौँ लगिएको छ। पाँच क्विन्टल काँचो जिम्बु सुकाउँदा ५० केजी भएको तामाङले जानकारी दिए । यो जिम्बु किसानले उत्पादन गर्ने नभई अग्ला पाटनमा आफैँ उम्रने गर्छ। प्याकेजिङ र ब्रान्डिङ गरेर ५० ग्रामदेखि दुई सय ग्राममा बिक्री गर्ने गरिएको छ।

कालीकोटमा माओवादी केन्द्रका शाही निर्वाचित

बुढीनन्दा पाँचमा मतदान सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *