बुढीनन्दा पाँचमा मतदान सुरु

बाजुरा,१० मंसिर ।

जिल्लाको बूढीनन्दा नगरपालिका –५ मा स्थगित भएको मतादन सुरु भएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपामा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबिच फर्जिमत खसालेको विषयलाई लिएर झडप भएपछि सो मतदान स्थलमा मतदान गर्ने कार्य स्थगित भएको थियो ।

मङ्सिर ४ गते स्थगित भएको बूढीनन्दा नगरपालिका –५ को नन्देश्वरी माविमा रहेको मतदान स्थलमा आज बिहान सात बजेबाट पुनः मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बिहान ७ बजेबाट सुरु भएको मतदान स्थलमा अहिले त्यहाँका मतदाताहरूले शान्त वातावरणमा मतदान गरिरहेको बताए । बूढीनन्दा नगरपालिका वडा नं –५ को नन्देश्वरी मतदान स्थल क मा ९९९ जना मतदाता रहेका छन् । बूढीनन्दा नगरपालिका वडा नं –५ को स्थगित भएको मतदानमा पुन निर्वाचन भएर मतपेटिका मार्तडीमा आइपुगेपछि मतगणनाका विषयमा छलफल हुने जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अवस्थीले बताए ।

 

 

लिमीको जिम्बु काठमाडौँमा बिक्री

बुढीनन्दा पाँचमा मतदान सुरु

कर्णालीमा कांग्रेस–एमालेबीच प्रतिष्ठाको लडाइ

Leave a comment

Your email address will not be published. Required fields are marked *