कालीकोटमा माओवादी केन्द्रका शाही निर्वाचित

कालीकोट,१० मंसिर ।

कालीकोटको एक मात्र प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार महेन्द्रवहादुर शाही निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले एमालेका केन्द्रीय सदस्य नगीन्द्र शाहीलाई आठ हजार ६४ मतले पछि पार्दै विजयी बने ।

शाहीले २४ हजार ४७४ मत ल्याएर विजय हासिल गरे । उनका प्रतिस्पर्धी एमालेका शाहीले १६ हजार ४१० मत प्राप्त गरे । माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका शाही यसभन्दा अघि पनि कालीकोटबाटै निर्वाचित भएका थिए ।

एक मात्र प्रतिनिधि सभा सदस्य क्षेत्र रहेको कालीकोटमा सात जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा राप्रपाका धनबहादुर बुढाले एक हजार ५६३, नेमकिपाका खड्गराज शाहीले एक हजार ८९ मत ल्याए ।

माओवादीबाट विद्रोह गरी स्वतन्त्र लड्नु भएका काशिचन्द्र बरालले आठ सय ९३ मत ल्याए । जम्मा खसेको मतमा दुई हजार ४१ मत बदर भए ।

चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको

लिमीको जिम्बु काठमाडौँमा बिक्री

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!