चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु

चीन,१० मंसिर ।

चीनको उत्तरपश्चिमी सिन्जियाङ क्षेत्रमा रहेको एक आवासीय भवनमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको छ । आगलागीमा ९ जना घाइते भएका छन् । एउटा अग्लो भवनमा आगलागी भएको थियो । ‘आकस्मिक उपचारको बाबजुद दस जनाको मृत्यु भयो’, सिन्ह्वाले रिपोर्ट गरेको छ ।

घाइते ९ जना खतरामुक्त रहेको बताइएको छ । कमजोर सुरक्षा मापदण्ड र तिनीहरूलाई लागू गर्ने जिम्मेवार अधिकारीबीचको भ्रष्टाचारको कारणले गर्दा चीनमा बारम्बार आगलागीका घटना दोहोरिएका छन् ।

यो हप्ता मध्यचीनको आन्याङ सहरमा रहेको एउटा कारखानामा आगलागी हुँदा ३८ जनाको मृत्यु र दुई जना घाइते भएका थिए । अधिकारीहरूले विद्युत वेल्डिंगमा कामदारहरूले सुरक्षा उपायहरू उल्लंघन गरेको दोष लगाएका थिए ।

बाजुरामा आज पुनः मतदान गरिँदै

कालीकोटमा माओवादी केन्द्रका शाही निर्वाचित

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!