हुम्लामा निमोनिया र झाडा पखालाका बिरामी बढे

हुम्ला । हिमाली जिल्ला हुम्लामा निमोनिया र झाडा पखालााका बिरामी बढीरहेका छन् ।
विगत एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी बालबालिकाको सङ्ख्या वृद्धि भएको छ ।

तीन वर्षकी छोरीलाई उपचार गर्न अस्पतालमा कुरुवा बस्दै आएकी खार्पुनाथ गाउँपालिका–५ की माया शाहीले छोरीलाई निमोनिया देखिएको बताईन । ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिएपछि उनले तीन दिनअघि छोरीलाई अस्पताल भर्ना गरेर उपचार गर्दै आएकी छन् ।

जिल्ला अप्पतालकी वरिष्ठ अनमी सरिता बोहराले केही दिनयता दैनिक उपचारका लागि आउने बालकालिकाको सङ्ख्या ह्वात्तै बढेको बताइन् १५ शैयाको अस्पतालमा हालसम्म १३ जना बालबालिका मात्र भर्ना भएका छन् ।

अस्पतालमा भर्ना भएका बिरामी बालबालिका मध्य सात जनालाई श्वास प्रस्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको छ । निमोनियाकै कारण एक जना बालिकाको मृत्युु भएको र एक जनाको स्वास्थ्य जटिल रहेको छ ।

बिरामी बालबालिका तीन वर्ष मुनीका रहेका छन् । उनल सिमकोट गाउँपालिका भरिबाट दैनिक ३० भन्दा बढी बालबालिका निमोनिया र झाडा पखालाका बिरामी आउने गरेको जानकारी दिईन । यसरी बिरामी बालबालिका बढेपछि अस्पतालका शैयाहरु बिरामी र कुुरुवा आमाले भरि भराउ भएका छन् ।

अलि जटिल बिरामी बालबालिकालाई अस्पतालमा भर्ना गर्ने गरेको र सामान्यलाई उपचारपछि घर फिर्ता पठाउने गरिएको छ । अनमी बोहोराले दुुषित पानीको प्रयोग मौसममा परिवर्तन आएको वर्षा हुुँदा चिसो बढ्नुु र आमाले खानापानमा ध्यान नदिएको कारण बालबालिकाको बिरामी सङ्ख्या बढेको बताईन ।

अस्पतालले एक जना सुुत्केरीमा पनि जटिल निमोनियाको फोक्सोमा खरावी आएपछि जिल्ला बाहिर रिफर गरिएको जनाएको छ । अस्पतालले निमोनिया र झाडा पखालाका बिरामी बढे पनि उपचार र औषधीमा भने कुनै कमी हुन नदिएको जनाएको छ ।

हुम्लामा निमोनिया र झाडा पखालाका बिरामी बढे

नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

हुम्लामा निमोनिया र झाडा पखालाका बिरामी बढे

दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क

Leave a comment

Your email address will not be published. Required fields are marked *