यो म्यादी सरकार हो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार म्यादी भएको बताएका छन्।

बिहीबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले शेरबहादुर देउवाको सरकारलाई म्यादी सरकार भएको बताएका हुन्।

केही दिनअघि काठमाडौं आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जिया तिब्बती शरणार्थी शिविरमा पुगेको विषयका सन्दर्भमा ओलीले सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गरेका हुन्।

प्रहरी स्कर्टिङमा उपविदेशमन्त्री तिब्बती शरणार्थी शिविरमा पुगेको भन्दै यसले नेपालको एक चीन नीतिप्रति प्रतिवद्ध नरहेको देखिएको उनले बताए।

अहिलेको सरकार अस्थायी र म्यादी भएकाले परराष्ट्र नीतिमा दीर्घकालीन असर पर्ने काम गर्न नहुने ओलीको भनाइ थियो।

उनले आफूले हुम्लाको लिमी जाँदा इजाजत लिएको उल्लेख गर्दै अमेरिकी उपविदेशमन्त्रीलाई शरणार्थी शिविरमा जान इजाजत दिनुपर्ने हो कि होइन इजाजत दिएको भने किन दिएको भन्ने प्रश्न गरे।

उपविदेशमन्त्री जिया गत शनिबार जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा पुगेकी थिइन्।

यो म्यादी सरकार हो : ओली

हवाई उद्धार सेवाले दुर्गमका गर्भवती र सुत्केरीको

यो म्यादी सरकार हो : ओली

नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *