वडाध्यक्ष कार्कीको निधनपछि रत्न राजमार्ग-छिन्चु बजार बन्द, काठमाडौंबाट शव ल्याउने तयारी (केही फोटो)

सुर्खेत, १४ फागुन ।
भेरीगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि भेरीगंगाका स्थानीय आक्रोशित भएका छन् ।

फोर्सको ठक्करबाट गम्भिर घाइते भएका वडा अध्यक्ष कार्कीको उपचारका क्रममा शुक्रबार राती १०ः३० बजे बाँसबारी न्यूरो अस्पतालमा निधन भएको थियो ।

आज शनिबार भएकाले काठमाडौंमा शवको पोष्टमाट गर्ने कार्य केही ढिलाई भएको परिवारले जानकारी दिएको छन् । पोष्टमाट भएपछि एम्बुलेन्स/शव बहानबाट पार्थिव शरिर सुर्खेत ल्याईने जनाइएकोछ ।

दोषीलाई कारवाही हुनु पर्ने, परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने र घटनापछि हालसम्मको सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्ने माग गर्दै सडक तथा बजार बन्द गराईएको छ ।

तस्विर ; किरण रेग्मी/जगत सापकाेटाकाे फेसबुकबाट 

रत्नराजमार्ग सुर्खेत–छिन्चु सडक खण्डको ठाउँ ठाउँमा आक्रोशित स्थानीयहरु सडक उत्रिए बाटो अवरोध गर्दै विरोध जनाएका छन् । भेरीगंगाको सत्तरी, तोलीखोला, सल्ली–जाजरकोट सडक खण्ड, मुरलिखोला–हेर्रेमा बाटो बन्द गरिएको छ । छिन्चु बजारमा घटनाका दोषिलाई कारवाहीको माग राख्दै प्रदर्शन समेत गरिउको छ ।

कर्णाली प्रदेशको मुख्य नाका रत्न राजमार्ग बन्द हँुदा कर्णाली प्रदेश आउने र बाहिर जाने सम्पुर्ण यातायातका साधनहरु ठप्प भएका छन् । फागुन ८ गते रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका वडा नम्वर १२ छिन्चु बजार देखी पश्चीम तर्फको सडकमा नेपालगञ्ज बाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु जाँदै गरेको भे ६ प ४४०१ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

घटनाका विस्तृतमा

सुर्खेतका कान्छा वडाअध्यक्ष कार्कीको काठमाडौंमा निधन (घटनाका तस्विर)

फोर्सको ठक्करबाट वडाअध्यक्ष कार्की गम्भिर घाइते

वडाध्यक्ष कार्कीको निधनपछि रत्न राजमार्ग-छिन्चु बजार बन्द, काठमाडौंबाट शव ल्याउने तयारी (केही फोटो)

बार्षिकोत्सवका अवसरमा सैनिक महाविद्यालयको सहयोग

वडाध्यक्ष कार्कीको निधनपछि रत्न राजमार्ग-छिन्चु बजार बन्द, काठमाडौंबाट शव ल्याउने तयारी (केही फोटो)

१४ वर्षदेखि बिजुली बाल्ने सपना अधुरै !

Leave a comment

Your email address will not be published. Required fields are marked *