१४ वर्षदेखि बिजुली बाल्ने सपना अधुरै !

मोहन सिंह, जाजारकोट ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-४, मा एक लघुजल विधुत आयोजना १४ बर्ष देखि अलपत्र परेको छ । निर्माण कार्य थालेको १४ बर्ष बिति सक्दा पनि स्थानियले बत्ति बाल्न पाएका छैनन । साविक नायकवाडा गा.बि.स. हाल बारेकोट गाउँपालिका ४ जिरी मा २०६५ सालमा निर्माण कार्य थालिएको ३२ किलोवाट क्षमताको अधेरी खोला लघु जलविद्युत आयोजाना अलपत्र परेको हो ।
तत्कालिन समय जिल्ला बिकास समितिको बजेटमा दुई बर्ष भित्र सम्पन्न गर्ने उदेश्यका साथ सुचारु भएको उक्त लघुजल विधुत पटक पटक रकम बिनियोजन भइ स्थानीय २०७ घरधुरीले ४०/ ४० दिन श्रमदान गर्दा पनि बत्ति बाल्न नपाएकोमा गुनासो गरेका छन ।
उपभोक्ता समिति, अनुगम टोलि र स्थानिय सरकारको चरम लापरवाहीका कारण आयोजना अलपत्र परेको स्थानियको गुनासो छ ।

श्रम गर्दा पनि बत्ति बाल्न नपाएको स्थानिय युबा गोरख ब सिंहको गुनासो छ । आयोजना १४ बर्ष देखि अलपत्र परेपछि स्थानियहरु मैन बत्ति तथा सोलारकै भरमा पर्न बाध्य छन् । स्थानिय योजना अलपत्र पर्दा लिम्क, कुम्द, जिरी, मैना, गोठगाउँका चार सय घर परिवार अधेरोमा बस्न बाध्य छन् ।


समयमा आयोजना निर्माण नहुदा आयोजनका सामाग्री अलपत्र अवस्थामा छन् । आयोजनाका लागि ल्याइएका तारहरु अहिले स्थानियहरुले काटेर कपडा झुण्डाउने गोरु बाध्ने लगायतका काममा प्रयोग गर्न थालेका छन् । पोल हरु खिया लागेर भाचिने अवस्थामा छन् ।

विधुत निकाल्न प्रयोग गरिने डाइनामो बालुवाले पुरिएका छन्, भने ट्रामिटर पनि काम नलाग्ने भइ सकेका छन् । निर्माण जिम्मा लिएको उपभोक्ता समितिका पदाधिकारीको लापरबाहीले आयोजना निर्माण काम अलपत्र पर्दा करोडौ सरकारी लगानी बालुवामा पानि जस्तै भएको छ ।

यता वडाध्यक्ष सिर्जना बस्नेतले आफू निर्वाचिन हुनुपूर्व पाँच लाख गाबिसको तीन लाख आफु निर्बाचन भए पछि र सोही आर्थिक बर्षमा बिनियोजन गरिएको तीस लाखले आयोजनाको केही काम निर्माण भएको दावी गरिन । दोस्रो वर्ष आयोजनाका लागि विनियोजन भएको दस लाख खर्च हुन नसक्दा रकम फिर्ता भएको जानकारी दिइन् ।

१४ वर्षदेखि बिजुली बाल्ने सपना अधुरै !

वडाध्यक्ष कार्कीको निधनपछि रत्न राजमार्ग-छिन्चु बजार बन्द,

१४ वर्षदेखि बिजुली बाल्ने सपना अधुरै !

रुसले अमेरिकालाई दियो चेतावनी, रुसी सेना युक्रेनको

Leave a comment

Your email address will not be published. Required fields are marked *