हुम्ला प्रदेशसभा (क) माओवादीका परियार विजयी

हुम्ला,९ मंसिर ।

हुम्लाको प्रदेशसभा (क) मा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार विजयी भएका छन् । उँले नेपाली कांग्रेसका बागी उम्मेदवार मंगलबहादुुर शाहीलाई पछि पार्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले शुक्रबार बिहान प्रदेशसभा (क) मा माओवादीका परियारले एक हजार ८५१ मत अन्तरमा विजयी भएको जानकारि दिए । परियारले छ हजार ४८१ मत प्राप्त गरेका छन् भने उनले निकटतम प्रतिद्वन्द्वी शाहीले चार हजार ६३० मत प्राप्त गरेका छन् ।

यसैगरी, नेकपा (एमाले)का दल फडेराले दुई हजार ९९ मत प्राप्त गर्नु भएको छ भने नेकपा एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८८ मत, राप्रपाका छापे ऐडीले ११७ मत प्राप्त गरे भने ३३२ मत बदर भएका छन् ।

हुम्ला प्रदेशसभा (क) माओवादीका परियार विजयी

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान लेकवेशीमा

हुम्ला प्रदेशसभा (क) माओवादीका परियार विजयी

नेयमारको चोटले ब्राजिललाई चिन्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!