लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान लेकवेशीमा पनि सुरु

सुर्खेत,९ मंसिर ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रवारदेखि सुरु भएको छ । यस वर्ष ‘सभ्य समाजको पहिचान, लैगिंक हिंसा विरुद्धको अभियान’ भन्ने राष्ट्रिय नारा दिएर १६ दिने अभियान मनाउन थालिएको छ । संसारभर २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म यो अभियान मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न संघसंस्थाले यो अभियान मनाउँदै आएका छन ।

यसै क्रममा सुर्खेतका सबै पालिकामा १६ दिन सम्म विविध कार्यक्रम गरिने भएको छ । पहिलो दिन शुक्रवार महिला, बालबालिका तथा ज्येष्ठ नागरीक कल्याण सुर्खेतको आयोजना र लेकवेशी नगरपालिकाका नगरप्रमुख उमेश कुमार पौडेलको संयोजकत्वमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरिएको छ ।

अभियानको क्रममा एक दिन सरकारी कार्यालय, स्थानीय तह र संघ सस्थाहरुको सहयोगमा वक्तित्वकला प्रतियोगिता गरिने भएको छ । नगरप्रमुख उमेश कुमार पौडेलले उद्घाटन कार्यक्रममा बोल्दै अवदेखि नगरपालिकाले हरेक वर्ष यस्ता कार्यक्रमको लागि बजेट छुट्याउने बताए ।

उक्त कार्यक्रममा नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाका जनप्रतिनिधि, महिला अधिकारको क्षेत्रमा कार्यरत सरकारी निकायहरु, गैर सरकारी संस्थाहरु, विभिन्न राजनीतिक दलहरुका महिला संगठनहरुको उपस्थिति रहेको थियो । अभियानको अन्तिम दिन भने प्रत्यक वडामा ¥याली निकालिने बताईएको छ ।

 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान लेकवेशीमा पनि सुरु

कालिकोटका कुर्मराज शाहीले गरे ससुरालीमा डकैती

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान लेकवेशीमा पनि सुरु

हुम्ला प्रदेशसभा (क) माओवादीका परियार विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!