कालिकोटका कुर्मराज शाहीले गरे ससुरालीमा डकैती

काडमाडौँ,९ मंसिर ।

गत कात्तिक २८ गते साँझ साढे ६ बजेको समयमा वसुन्धरा काठमाडौँकी नन्दा मल्लको घरमा डकैती भयो । डकैती गर्न गएको समुहले नन्दाको घरका सबै सदस्यलाई एकै कोठामा भेला गरेर डोरीले हातखुट्टा बाँधी करिव साँढे दुई घण्टा बन्धक बनाए । घरका दराज र ‘लकर’ खाली गरे ।

६ करोड रुपैयाँ मुल्य बराबरको धनमाल पोको पारेर फरार भए । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हातहतियारसहित प्रवेश गरेका डकैत समूहले सुनका गहना मात्रै ६ सय तोला डकैत गरे । त्यसबाहेक चाँदी र हिरासहित २५ लाख रुपैयाँ नगद लुटिएको प्रहरीमा परेको उजुरीमा उल्लेख छ । प्रहरीको अनुसन्धानमा कालीकोटका कुर्मराज शाहीको योजनामा डकैती भएको खुलेको छ ।

तर कुर्मराजलाई प्रहरीले प्रक्राउ गरेको छैन् । कुर्मराज नन्दा मल्लका ज्वाइँ हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार डकैतीको मुख्य योजनाकार नन्दाकै आफन्त रहेको र नन्दाको घरमा झन्डै ६ करोड मूल्य बराबरको सम्पत्ति डकैत गर्ने १० जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार डकैतीका मुख्य योजनाकार कुर्मराजलाई नन्दाको घरभित्रका सूचना दिने काम भने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ की १९ वर्षीया कविता बुढाले गरेकी थिइन् । कुर्मराजकी भाइकी साली रहेकी कविता केही महिना यता नन्दाको घरमा घरेलु कामदारका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

उनलाई कुर्मराजले नै नन्दाको घरमा घरेलु कामदारका रूपमा पठाएका थिए । प्रहरीले घटनामा संलग्न कविता, विशाल शाही, तिलकबहादुर शाही, सुवर्ण मगर, धनबहादुर शाही, पर्वराज सिंह, गंगबहादुर शाही, नेत्रबहादुर शाही, पञ्चबहादुर सिंह र दिपिका मल्ल शाहीलाई पक्राउ गरेको छ । दिपिका कुर्मराजकी श्रीमती भएको खुलेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

सोचेजस्तो चुनावी परिणाम आएन ः माओवादी अध्यक्ष

कालिकोटका कुर्मराज शाहीले गरे ससुरालीमा डकैती

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान लेकवेशीमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!