सोचेजस्तो चुनावी परिणाम आएन ः माओवादी अध्यक्ष प्रचण्ड

गोरखा,९ मंसिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी परिणाम सोचेअनुसार नआएको प्रतिक्रिया दिएका छन ।  गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाण पत्र बुझेपछि शुक्रवार उनले गोरखा सदरमुकामस्थित हरमटारी जिविस चोकमा भएको विजयी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रचण्डले गोरखामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भए पनि देशभर सोचेजस्तो चुनावी परिणाम नआएको उल्लेख गरे ।

उनले गोरखा २ का गाउँगाउँमा पुगेर केही दिनपछि मात्रै आफूले धन्यबाद सभाहरू गर्ने बताए । उनले यो चुनावमा परिवर्तन उल्टाउने चेष्टा भएको समेत आरोप लगाएका छन । उनले कुनै पनि हालतमा परिवर्तन उल्टाउन नदिइने बताएका थिए ।

बबईबाट अवैध सुर्ती बरामद

सोचेजस्तो चुनावी परिणाम आएन ः माओवादी अध्यक्ष प्रचण्ड

कालिकोटका कुर्मराज शाहीले गरे ससुरालीमा डकैती

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!