प्रतिनिधिसभातर्फ समानुपातिकमा एमालेको १० लाख मत कट्यो

काठमाडौँ ,९ मंसिर ।

 प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ । अहिलेसम्म प्रत्यक्षमा ४० सिटसहित कांग्रेस पहिलो स्थानमा छ ।

त्यस्तै दोस्रो स्थानमा एमालेले २९ सिटमा जित हात पारेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले भने अहिलेसम्म १० सिटमा जित हात पारेको छ । समानुपातिकतर्फ भने एमालेले १० लाख मत कटाएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेले १० लाख ३३ हजार मत कटाएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको कांग्रेसको पनि १० लाख पुग्न लागेको छ ।

कांग्रेसको ९ लाख ८९ हजार मत आएको छ । अहिलेसम्म भएको गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ८८ हजार मतसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको माओवादीले ४ लाख ५२ हजार मत ल्याउँदा राप्रपाले २ लाख ६२ हजार मत ल्याएको छ ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा एमालेको १० लाख मत कट्यो

रिचार्लिसनको दुई गोलमा ब्राजिलले सर्वियालाई हरायो

समानुपातिक मतगणना :  एमालेले ९ लाख मत

Leave a comment

Your email address will not be published. Required fields are marked *