समानुपातिक मतगणना :  एमालेले ९ लाख मत कटायो

काठमाडौं,९ मंसिर ।

समानुपातिकतर्फको जारी मतगणनामा नेकपा एमालेले हालसम्म ९ लाख ३५ हजार मत पाएको छ । यस्तै एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले हालसम्म ८ लाख ९६ हजार मत पाएको छ । निर्वाचन आयोगको पछिल्लो अध्यावधिक विवरणअनुसार घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई माओवादी केन्द्रले पछ्याइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पाटीले ४ लाख ५३ हजार मत पाएर तेस्रो स्थान ओगट्दा चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४ लाख १६ हजार मतका साथ पछ्याइरहेको हो ।

यस्तै राप्रपाले २ लाख ४२ हजार, जनता समाजवादी पार्टी नेपालले १ लाख १६ हजार, जनमत पार्टीले ६९ हजार, नागरिक उन्मुक्ति पार्टीले ६६ हजार, नेकपा एकीकृत समाजवादी पार्टीले ६५ हजार, नेपाल मजदुर किसान पार्टीले ५६ हजार, लोसपाले ५१ हजार मत पाएको आयोगले जनाएको छ ।

समानुपातिक मतगणना :  एमालेले ९ लाख मत कटायो

प्रतिनिधिसभातर्फ समानुपातिकमा एमालेको १० लाख मत कट्यो

बबईबाट अवैध सुर्ती बरामद

Leave a comment

Your email address will not be published. Required fields are marked *