छिनखेतमा सेन्चुरी कमर्सियल बैंक लिमिटेडकाे शाखा विस्तार

प्रचण्ड खत्री

रुकुम पश्चिम  । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतमा सेन्चुरी कमर्सियल बैंकको शाखा विस्तार गरिएको छ । १ सय ४१ औ शाखामा रुपमा बैंक बिस्तार गरिएको बैंक शाखा प्रमुख प्रमोद खनालले बताए ।

बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाठा मगरले पानसमा बत्ती बालेर उत्घाट्न गरेका हुन् ।

कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष बाठाले सबै जनता सामु बैंक पुर्याउन बैंकलाई अनुरोध गरे  । बैंक भनेको जनताको नोकर भएकाले लोन दिने बेलामा धनीलाई भन्दा गरिबलाई दिन अनुरोध गरे  ।

सेनचुरी कर्मसियल बैंक कर्णाली प्रदेश प्रमुख धर्मराज श्रेष्ठ अध्यक्षतामा भएको कार्यक्रममा बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाठाको प्रमुख आथित्यता रहेको थियो । त्यस्तै ४ नम्बर वडा अध्यक्ष शेरबहादुर ओलि कार्यपालिका सदस्य रिता धिताल जैसी , ४ नम्बर वडा सदस्य चन्द्रजङ्ग मल्ल , ३ का वडा सदस्य देबराज शर्मा लगायतको आथित्यता रहेको थियो ।

 

छिनखेतमा सेन्चुरी कमर्सियल बैंक लिमिटेडकाे शाखा विस्तार

कर्णालीका ९ सयबढी किसानलाई ६ करोड व्याज

छिनखेतमा सेन्चुरी कमर्सियल बैंक लिमिटेडकाे शाखा विस्तार

YUGAAWHAN NATIONAL DAILY (2079-02-07)

Leave a comment

Your email address will not be published. Required fields are marked *