फ्लोअप : अनुमति नलिएरै प्रहरी स्कुलको आलटाल

सुर्खेत, ८ भदौं ।
वीरेन्द्रनगर–७ स्थित नेपाल प्रहरी स्कुलले सञ्चालन गरेको स्वीकृति भन्दा बढि तहका कक्षाको पढाई बन्द गर्न दिएको निर्देशन पालना गर्न आलटाल गरिरहेको छ । नगरपालिकाबाट ४ कक्षासम्म मात्रको अनुमति लिएपनि ६ कक्षासम्म सञ्चालन गरिरहेको प्रहरी स्कुलले नगरपालिकाको निर्देशन कार्यान्वयनमा आलटाल गर्दै आएको छ ।

प्रहरी स्कुलले अनुमतिबिना कक्षा सञ्चालन गरेको विषयमा यस युगआह्वान दैनिकमा गत साउन ३१ गते ‘४ कक्षाको अनुमतिः ६ सम्मको पढाई’ विषयमा समाचार प्रकाशित भएको थियो । प्रहरी स्कुलमा कक्षा सञ्चालन बन्दको विषयमा वीरेन्द्नगर नगरपालिकाका नगर शिक्षा प्रमुख शर्मासंग बुझ्न खोज्दा कक्षा बन्द गरे/नगरेको विषयमा जानकार नभएको प्रतिक्रिया दिए । ‘पछिल्लो अवस्था बारे अपडेट भएका छैनौँ’ उनले भने ।

यता निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल (प्याब्सन) सुर्खेतका अध्यक्ष दलबहादुर गुरुङ्ग भने अनुमति बिना सञ्चालनमा आएका कक्षा विद्यालयले तत्काल बन्द गर्नुपर्ने बताउँछन् । ‘हामीसँग आवद्व विद्यालयहरुलाई अनुमतिबिना सञ्चालनमा रहेका कक्षा बन्द गर्न निर्देशन दिएका छौँ ।’ उनले भने, ‘अनुमति नभएका कक्षा बन्द गर्नुबाहेकको विकल्प छैन ।

नगरमा सञ्चालित विद्यालयहरुमा अनुमति बिना सञ्चालनमा रहेका कक्षा बन्द गराउने मुख्य जिम्मेवार निकाय नै स्थानीय तह हो । विद्यालयहरुले यसरी कक्षा सञ्चालन गर्दा त्यसको सोझो असर त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमा पर्ने गर्छ ।

फ्लोअप : अनुमति नलिएरै प्रहरी स्कुलको आलटाल

डेढ बर्षदेखि रिक्त रहेको अस्पताल ब्यवस्थापन समितिमा

Leave a comment

Your email address will not be published. Required fields are marked *