सिद्धेश्वरी मावि निगाल्चुलाका १९ विद्यार्थी कोरोना संक्रमित

दुर्गा विसि
सल्लीबजार, ८ भदौं ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुलामा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका १९ जना विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । ९९ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको विद्यालयले जनाएको छ । रुघाखोकी ज्वरोको विरामि विद्यालयमा वढेपछि उक्त कोभिड चेकजाँच गरिएको थियोे ।







