डेढ बर्षदेखि रिक्त रहेको अस्पताल ब्यवस्थापन समितिमा नयाँ नेत्तृत्व

दिलिप ढकाल
गुर्भाकोट, ८ भदौं ।
करिब डेढ बर्षदेखि रिक्त रहेको पूर्बि सुर्खेतको एक मात्र सरकारी अस्पताल मेहेलकुना अस्पतालमा नयाँ ब्यबस्थापन समिति चयन भएको छ । केहि दिन अगाडी कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले राजनीति भागबण्डाको आधारमा अस्पताल ब्यबस्थापन समितिको अध्यक्ष तथा सदस्यहरु चयन गरेको थियो ।

मन्त्रालयको निर्णय अनुसार मेहेलकुना अस्पताल ब्यबस्थापन समितिको अध्यक्षमा नेकपा माओवादीको तर्फ बाट यज्ञ बहादुर बिक, सदस्यमा नेपाली काँग्रेसबाट बिर्ख नेपाली, माओबादीबाट रिमा घर्ती, एकीकृत समाजबादीबाट अमृत प्रसाद जैसी र उद्योग बाणिज्य संघ भेरी सुर्खेतको सिफारिस सदस्य जय बहादुर डाँगी र अस्पताल ब्यबस्थापन समितिको सदस्य सचिवमा अस्पतालको मे.सु.डाक्टर सोजन सापकोटा रहनुभएको छ ।

मेहेलकुना अस्पाताल ब्यबस्थापन समितिका अध्यक्ष यज्ञ बिकको अध्यक्षता तथा गुर्भाकोट नगरपालिका नगरप्रमुख हस्त पुनको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले राजनीतिक खिचातानीले गर्दा लामो समय सम्म अस्पताल अध्यक्ष बिहिन भएको भन्दै स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा पनि राजनीति हुने कुरामा असन्तुष्टि ब्यक्त गरेका थिए ।

तर जसोतसो अस्पतालले ब्यबस्थापन समिति पाएको र आब यो समितिको अस्पतालको सम्पूर्ण क्षेत्रलाई ब्यबस्थित गरि अस्पतालमा आउने बिरामीलाई छिटो–छरितो सेवा दिन तल्लिन हुनु पर्नेमा जोड दिएका थिए । साथै सहभागीले पूर्बि सुर्खेतको एक मात्र सरकारी अस्पतालमा भवनको अभाबमा दक्ष चिकित्सक नहुँदा सामान्य उपचार पछि सुर्खेत कोहलपुर रिफर गर्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्नुपर्नेमा बिशेष जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख हस्त पुनले २०३४ सालदेखि हेल्थ पोस्टको रुपमा सुरु भएको यस अस्पताल विभिन्न आरोह अवरोह छिचोल्दै यहाँसम्म ल्याई पुर्याउनुमा सबै राजनीति दल, बुद्दिजिबि, सरोकारवाला निकाय तथा स्थानीय र हालसम्म भएका अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा सदस्यको ठुलो भूमिका रहेको भन्दै अहिलेको ब्यबस्थापन समितिलाई पनि अस्पतालको दिगो र राम्रो गर्नको लागि सबैले साथ र सहयोग गर्न समेत अनुरोध गर्नु भएको थियो ।

साथै उहाँले केहि समय अघि अस्पतालको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको दुखद निधन भएको स्मरण गर्दै त्यति बेला ब्यबस्थापन समिति नहुँदा असहज महसुश आफुले गरेको र उक्त घटना हँुदा जिम्मेवार लिने व्यक्ति नहुदा नगर प्रमुखको हैसियतले आफु अग्रसर भएर उक्त घटना जिमेवार लिएको समेत उहाँले जानकारी दिनुभयो ।

आफ्नो सम्बोधनको अन्त्यमा बोल्दै नगर प्रमुख पुनले अस्पतालको छेउमा बन्दै गरेको निर्माणाधीन भवनको कामले गति लिन नसकेको भन्दै अहिलेको समितिले तत्काल उक्त भवन निर्माण ढिलाई हुनुको कारण खोजि अथाशिघ्र काम अगि बढाउने कुरामा समेत बिस्वास ब्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि, अस्पतालका विभिन्न शाखामा कार्यरत कर्मचारी तथा चिकित्सक विभिन्न वडाका वडा अध्यक्षहरु लगायत स्थानीयको पनि उपस्थिति रहेको थियो ।

डेढ बर्षदेखि रिक्त रहेको अस्पताल ब्यवस्थापन समितिमा नयाँ नेत्तृत्व

फ्लोअप : अनुमति नलिएरै प्रहरी स्कुलको आलटाल

डेढ बर्षदेखि रिक्त रहेको अस्पताल ब्यवस्थापन समितिमा नयाँ नेत्तृत्व

YUGAAWHAN NATIONAL DAILY (2079-05-09)

Leave a comment

Your email address will not be published. Required fields are marked *