राष्ट्रिय अनुसन्धानको प्रहरी हुँ भन्दै कुटपिट गर्ने तीन जना पक्राउ

जाजरकाेट । जाजरकोट प्रहरीले राष्ट्रिय अनुसन्धानको प्रहरी हुँ भन्दै कुटपिट गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेकमा जाजरकोटको भेरी नगरपालिका –३ का बर्ष २१ को विरेन्द्र वि.क, बर्ष २४ का प्रकाश वली र बर्ष २५ का विवश सुनार रहेका छन् ।

उनीहरुल स्याला स्थित कालेगाउँदेखि रिसाङ जाने कच्ची सडकमा रुकुम (पश्चिम) चौरजहारी नगरपालिका– ८ बस्ने रमेश केसीको मोटर साइकल सहित हामि राष्ट्रीय अनुसन्धानको सिभिल प्रहरी हो तेरो मोटरसाइकलको कागजात देखा भनेर गालिगलौजका साथै कुटपिट गरेका थिए ।

प्रहरीका अनुसारी अउनीहरुमाथी प्रारम्भिक अनुसन्धान पश्‍चात अभद्र व्यवहार सम्बन्धि मुद्दामा सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।

राष्ट्रिय अनुसन्धानको प्रहरी हुँ भन्दै कुटपिट गर्ने तीन जना पक्राउ

यस्तो छ सरकारको नीति तथा कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *