जुम्ला प्रदेश (२) मा एमालेका टेकराज पछाई बिजयी

जुम्ला,७ मंसिर ।

जुम्ला प्रदेश (२) नेकपा (एमाले) का टेकराज पछाई विजयी भएका छन् । गठबन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछाईले ७ हजार ८ सय २७ मत प्राप्त गरेर विजयी भए । पछाईले गठबन्धनका रोकायालाई एक हजार ११२ मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

उनँका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका पदमबहादुर रोकायाले ६ हजार ७ सय १५ मत प्राप्त गरेका हुन् । प्रदेश (२) मा कुल खसेको २० हजार ६ सय २८ मत थियो । जसमा नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले ४ हजार १ सय ६५ मत प्राप्त गरे ।

क्याम्पसको सभापति हुँदै सांसद

जुम्ला कनकासुन्दरी ६ निवासी पछाईको राजनीतिक जीवनयात्रा विद्यार्थी जीवनबाट भएको हो । २०५५ देखि २०५७ सम्म काठमाडौंको अमृत साइन्स क्याम्पसको सदस्य, २०५७ देखि २०६० सम्म सहसचिव हुँदै २०६० देखि २०६२ र २०६२ देखि २०६५ मा स्ववियू सभापति भएका थिए । दुर्गमबाट काठमाडौंमा विद्यार्थी राजनीति गरेका पछाई अब सांसद भएका छन् ।

पछाईले पार्टीका विभिन्न सङ्गठन हुँदै नेकपा समयमा प्रदेश कमिटी सदस्य र हाल नेकपा एमालेको प्रदेश उपसचिव पदमा छन् । यसका साथै २०७९ को निर्वाचनमा एमालेको तर्फबाट जुम्ला प्रदेश (२) बाट उम्मेदवारी दिएका थिए । पछाईले जुम्लाबाट विजयी हुने उम्मेदवारमा पहिलो खाता खोले ।

जुम्ला प्रदेश (२) मा एमालेका टेकराज पछाई बिजयी

जाजरकोट (क) मा कांग्रेसका सिंह विजयी

जुम्ला प्रदेश (२) मा एमालेका टेकराज पछाई बिजयी

जनमतका सिके राउत विजयी, उपेन्द्र यादव पराजित

Leave a comment

Your email address will not be published. Required fields are marked *