जाजरकोट (क) मा कांग्रेसका सिंह विजयी

जाजरकोट, ७ मंसिर
जाजरकोट प्रदेश सभा (क) मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका देवराज सिंह विजयी भएका छन् । सिंहले नेकपा(एमाले) का उम्मेदवार डम्बरबहादुर सिंहलाई पछि पार्दे विजयी भएका हुन् ।
विजयी देवराज सिंहले १८ हजार ५४३ मत ल्याएका थिए भने एमालेका सिंहले ११ हजार ४७० मत ल्याएका थिए । त्यसै गरी स्वतन्त्र उम्मेदवार कमन बहादुर खड्काले चार हजार ४४६ मत ल्याएका थिए ।






