जनमतका सिके राउत विजयी, उपेन्द्र यादव पराजित

जनकपुर,७ मंसिर ।

 सप्तरीबाट प्रतिनिधि सभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत दोब्बरभन्दा बढी मतले निर्वाचित भएका छन् । त्यस क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पराजित भए ।

राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी भएका  भने उपेन्द्र यादवले १६ हजार ९७९ मत प्राप्त गरेका छन् । उनिँहरुबीचको मतान्तर १८ हजार ६३ रहेको छ ।

सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले सात हजार ३४७ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ६० हजार ९२१ मत सदर र तीन हजार २९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।

गोरखापत्र

जनमतका सिके राउत विजयी, उपेन्द्र यादव पराजित

जुम्ला प्रदेश (२) मा एमालेका टेकराज पछाई

हुम्लामा साँझ सात बजेबाट मतगणना सुरु गरिने

Leave a comment

Your email address will not be published. Required fields are marked *