सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी विजयी

सुर्खेत,७ मंसिर ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । थानीले ३४ हजार ६२५ मत प्राप्त गरी विजय भएका हुन् । सुर्खेत–२ मा कुल ७६ हजार ३५२ मत खसेको थियो ।
थानीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहनुभएका अमृत बहादुर बुढाक्षेत्री पाँच हजार ६७ मतान्तरले पराजित भएका हुन् । बुढाक्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरेका छन् ।
२०७४ को निर्वाचनमा पराजित भएका थानीले यसपटक फराकिलो अन्तरमा विजय भएका हुन । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिबी निवारण मन्त्री भइसकेका छन् ।






