म्याद सकिएका खाद्य तथा औसधिजन्य सामाग्री हरु : अनुगमन टोलि द्वारा नस्ट

दिलिप ढकाल
कात्तिक ६, सुर्खेत ।

भेरीगंगा नगरपालिकाले गरेको चाडपर्ब लक्षित अनुगमनमा मा भेटिएका खाध्य किराना तथा औसधिजन्य सामाग्री नस्ट गरेको छ। गत कात्तिक २ गते देखि सुरु गरिएको अनुगमन तिन दिन चलेको थियो।

अनुगमनको पहिलो दिन भेरिगंगा नगरपालिकाको दोस्रो ठुलो बजार जहरे बजार र झिग्नी बजार अनुगमन गरिएको थियो। त्यस्तै अनुगमनको दोस्रो दिन अर्थात तिन गते रामघाट बजार अनुगमन गरिएको थियो भने अनुगमनको अन्तिम दिन अर्थात् कात्तिक ४ गते कर्णाली प्रदेश को पर्बेश द्वार को रुपमा रहेको भेरिगंगा नगरपालिकाको ठुलो बजार छिन्चु बजारमा अनुगमन गरिएको थियो। पहिलो दिन जहरे र झिग्नी बजारमा गरि २१ वडा खाध्य किराना, मेडिकल तथा एग्रोभेटमा अनुगमन गरिएको थियो।

त्यस्तै दोस्रो दिन रामघाट बजारका २७ वटा खाध्य खुद्रा नास्ता पसल तथा एग्रोभेटमा अनुगमन गरिएको थियो भने तेस्रो दिन छिन्चु बजारका खाध्य किराना मेडिकल तथा एग्रोभेट गरि ५९ वटा पसलमा अनुगमन गरिएको थियो। अनुगमन को क्रममा खाध्य तथा किराना पसलमा म्याद सकिएका खाध्य तथा किराना सामग्री भेटिएका थिए।

त्यस्तै मेडिकलमा पनि मिति सकिएका औसधि सहित डेंगु रोग बिरुद्द लगाउने सुई को किट समेत बरामद गरिएको थियो भने एग्रोभेटमा अनुगमन गर्दा म्याद सकिएका बिउ बिजन, बिषादी, पशुपंक्षीको औसधिहरु,लगाएतका सामान भेटिएको थियो। तिन दिन अनुगमन गर्दा भेटिएको सामाग्री तथा औसधि जन्य सामाग्री लाई नगरपालिका ले एकै ठाउमा जम्मा गरेर राखेको थियो। नगरपालिका प्रमुख उप प्रमुख तथा विभिन्न शाखामा कार्यरत कर्मचारी एवं शाखा प्रमुख को उपस्थितिमा उक्त सामाग्री नस्ट गरिएको थियो। जफद गरिएको सामाग्री मध्य खाध्य तथा किराना सामान हरु लाई जलाईएको थियो भने औसधि जन्य सामाग्री एवं बिउ बिजन र बिषादीयुक्त सामाग्री हरु खाडल खनेर पुरिएको थियो।

भेरिगंगा नगरपालिकाले बिभिन्न समयमा गर्दै आएको अनुगमन लाई निरन्तरता दिने क्रमममा चाडपर्ब लाई लक्षित गर्दै बजार अनुगमन गरेको हो।

म्याद सकिएका खाद्य तथा औसधिजन्य सामाग्री हरु : अनुगमन टोलि द्वारा नस्ट

सारर्थी बन्दै नेपाल रेडक्रस सल्यान , राहत

म्याद सकिएका खाद्य तथा औसधिजन्य सामाग्री हरु : अनुगमन टोलि द्वारा नस्ट

चुनाबी प्रतिबद्धता पुरा गर्दै वडा अध्यक्ष वली

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!