सारर्थी बन्दै नेपाल रेडक्रस सल्यान , राहत बितरण कार्यक्रम सम्पन्न

बसन्त शर्मा
सल्यान ६ कार्तिक ।
एक कार्यक्रमको बिच सल्यानको कुमाख गाउँपालिका असोज १८ गते देखि२४ गतेसम्म अविरल बर्षाले क्षेती भएका बर्षा पीडितलाई नेपाल रेडक्रस सोसाइटी सल्यानका कार्यसमिति सदस्य धनबहादुर हमालको नेतृत्व ३५ घरधुरीलाई एक सेट भाडाकुडा र बाल्टिन १थान त्रिपाल एउटा डोरि २ थान कम्मल ७ मिटर प्रीन्टर ३ मिटर सुटिङ कपडा राहत स्वरुप बितरण गरिएको छ ।
त्यस्तै ३५ घरधुरी मध्येबाट अति गरिब जिर्ण अवस्थामा आफ्नो परिवारको दैनिकी चलाएका अन्य ब्याक्तीको सहारा लगेर अरुको घरमा बसोबास गर्ने १८ परिवारलाई खाद्यान्न स्वरुप २५ किलोग्रामको जिरा मसिनो १ प्याकेट चामल ,१ लिटर तेल ,१ किलोग्राम दाल, १ किलोग्राम नुन राहत बितरण गरिएको र मानव धर्म भनेको आपत बिपत दुख पर्दा गरिने सेवा नै सर्वमान्य र सर्बोहार्य सेवा हो हामी जहाँ जतिबेला समस्या पर्छ त्यहा सक्दो उद्बार र राहत बितरण गर्दै आएको रेडक्रस कुमाख गाउँपालिका सभापति रामकुमार शर्माले बताए ।
कुमाख गाउँपालिकामा आपत्ति बिपत्ति दैबिक, प्राकृतिक प्रकोप जस्ता विभिन्न दुखमा मलम लगाएर अलिकति भएपनी सहयोग गर्न पाउँदा आफुलाई गर्वलागेको नेपाल रेडक्रस कुमाखका सचीव भुवनेश्वर शर्माले बताए।
बर्षा बाढी पहिरो,भूक्षय आगोलागी जस्ता प्राकृतिक प्रकोपमा जहाँ पनि बिपत्ति पर्दा कुमाख सरकारको सारर्थी बन्दै गएको गतिशील नेपाल रेडक्रस सल्यान कुमाखको टिमलाई धेरै धन्यवाद साथै आगामी दिनमा अझै सहकार्य र समन्वय गर्दै अगाडी बढने र कुमाख गाउँपालिकाले पनि अब राहत बितरण गर्ने कार्य तिव्र अवस्थामा रहेकोले स्तथलगत प्रहरी मुचुल्का ,सम्बन्धित वडा कार्यालयको सिफारिस , क्षेती भएको स्पष्ट देखिने फोटो अनुगमन गरि बिपत जोखिम समितिले केही आर्थिक सहयोग सम्बन्धित ब्यक्तिको बैंक खातामा जम्मा गरिदिने ब्यवस्था अब छिटै गर्ने तयारीमा रहेको कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथोकीले बताए ।
राहत लिने मध्येकि एक प्रतिनिधि पात्र हुन ७४ बर्षिय निमा जैसी उनले भनिन सरकार पहिले यातायात सहज हुन्छ भनेर घर तलदेखी सडक निर्माण गर्यो अहिलेको बर्षाले मेरो घर नै उठिबास बनायो तर राहत भनेको त बिरामीलाई प्राथमिक उपचार जतिको महत्त्वपूर्ण कुरा रहेछ नजिकिदै गरेको चाडपर्व मनाउन अलि सहज हुने भयो साथै अब आफू गाउँपालिका सरकारले तारजालिको ब्यावस्था गरि दिए धेरै आभारी हुने थिए र यति राम्रो कार्यक्रम गरिदिएकोमा रेडक्रसको यो टिमलाई पनि धन्यवाद दिएकी छ्न ।
राहत बितरण कार्यक्रम कुमाख गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत ,७ वटा वडाअध्यक्ष ,प्रहरी नायब निरीक्षक , समाजसेवी सामाजिक अभियन्ताहरुको सहभागीता भएको थियो ।






