चुनाबी प्रतिबद्धता पुरा गर्दै वडा अध्यक्ष वली : तिहारको मुखैमा लेख बडाखोली र केरेनीमा बत्ति बल्यो

दिलिप ढकाल
कात्तिक ६, सुर्खेत ।
गुर्भाकोट नगरपालिका वडा नम्बर ६ लेख बडाखोली र केरेनी मा बत्ति बलेको छ। बत्ति बाल्ने आश्वाशनमा बर्षौ बितायका लेख बडाखोली र केरेनीका जनता हरु तिहारको मुखैमा बत्ति बाल्न पाउदा खुसि भएका छन्। गुर्भाकोट नगरपालिका वडा नम्बर ६ लेख बडाखोली हुदै केरेनी सम्म निबर्तमान वडा अध्यक्ष धनीराम जैसी को पालामा पोल गाड्ने काम पुरा भएपनि बत्ति बलेको थिएन।
गत बैसाख ३० गते भएको स्थानिय तहको निर्बाचनमा गुर्भाकोट नगरपालिका वडा नम्बर ६ मा नेपालि कांग्रेस बाट वडा अध्यक्ष को लागि उमेद्वार बनि जनता माझ जादा तिहार सम्म बत्ति बाल्ने तथा ६ नम्बर भित्र बाटो नपुगेको ठाउमा बाटो पुर्याउने जस्ता प्रतिबद्दता सहित् चुनाबमा होमिएका वली आफ्नो एउटा प्रतिबद्दता पुरा गर्न सफल भएका छन्।
उनि भन्छन : आफुलाई मतदान गरि जिताउने जनता नजिकै गरेको दीपावलीमा अन्धकारमा बस्न नपरुस भनि आफुले बिभिन्न निकायमा पहल गरि बत्ति बाल्न सफल भए। साथै बडाखोली हुदै लेख बडाखोली र केरेनी सम्म जाने बाटो पनि जेसिबी लगाएर गाडी वा अटो जान सक्ने भएको छ। लेख बडाखोली र केरेनिमा गरि ५० भन्दा बढी घर धुरीमा बत्ति बलेको उहाले बताए । बाकि घर-धुरीमा मिटर बक्स खरिद गरेपछि घर धनीले बत्ति बालने समेत उनको भनाई छ।






