२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 18°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

सल्यान–दाङ सडक अबरुद्ध, सुख्खा पहिरोले स्काभेटर पुरियो

शंकर केसी,
सल्यान, ९ चैत्र ।
सडक निर्माणको क्रममा झरेको पहिरोले स्काभेटर पुरिदा राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ । मंगलबार बेलुकी करिव साढे सात बजेतीर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथीबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको थियो ।

अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । पहिरो संगै झरेको ठूला ठूला ढुंगाले स्काभेटरलाई च्यापेको छ । निकै जोखिमयुक्त स्थान भएकाले स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

पहिरो झरेको स्थानमा अर्काे एउटा स्काभेटर भएपनि त्यसबाट सडकको अवरोध हटाउन नसकिने भएकाले दाङ तर्फबाट अर्काे स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको बताइएको छ । बुधबार दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीको भनाई छ ।

सल्यान–दाङ सडक अबरुद्ध, सुख्खा पहिरोले स्काभेटर पुरियो

शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा

सल्यान–दाङ सडक अबरुद्ध, सुख्खा पहिरोले स्काभेटर पुरियो

कर्णालीमा सशस्त्र द्धन्द्ध र आन्दोलनका पीडितलाई मासिक

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!