शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा

दिपेन्द्र शर्मा
नलगाड, ९ चैत्र ।
छेडागाड नगरपालिका वडा नं. १० मा शतप्रतिशत बालबालिका बिद्यालय भर्ना भएको घोषणा गरिएको छ । ४ देखि १२ बर्ष सम्मका सबै बालबालिका विद्यालयमा भर्ना गर्न सफल भएपछि उक्त घोषणा गरिएको हो ।

एक कार्यक्रमवीच वडाका ७ वटा बिद्यालयको डाटा अनुसार कुनै पनि बालबालिका विद्यालय क्षेत्र भन्दा बाहिर नरहेको जानकारीका आधारमा घोषणा गरिएको थियो । पाँचतारा युबा संरक्षण मञ्च जाजरकोट सहजिकरण र सेभ द चिल्ड्रेनको सहयोगमा वडालाई शतप्रतिशत भर्ना घोषणा गरेको छेडागाड नगरपालिका १० नं. वडाका कर्मचारी बिमल राज बिकले बताए ।

छेडागाड नगरपालिका वडा नं. १० को आयोजनामा सम्पन्न घोषणा सभा वडाअध्यक्ष राम बहादुर पुनको अध्यक्षता एवं नगर प्रमुख लाल बहादुर महतराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

बिद्यार्थी शतप्रतिशत भर्ना घोषणा कार्यक्रमा राम माबि खल्टाकुरा, सरस्वती माबि काप्ला, अन्नपूर्ण माबि नल्फु, कालिका माबि राङगा, बलबान माबि काँडा, सुर्योदय माबि सल्लिभिर र मालिगंगा बालविकास केन्द्र गरी ७ वटा विद्यालयमा लागु गरिएको छ ।

शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा

गुर्भाकोटमा एमालेको निर्वाचन केन्द्रित अभियान

Leave a comment

Your email address will not be published. Required fields are marked *