गुर्भाकोटमा एमालेको निर्वाचन केन्द्रित अभियान

दिलिप ढकाल
गुर्भाकोट, ९ चैत्र ।
नेकपा एमाले गुर्भाकोट नगर कमिटीको आयोजनामा आउँदो स्थानीय तहको निर्वाचन केन्द्रीत भेला, प्रशिक्षण, घरदैलो अभियान सुरु गरिएको छ । समृद्ध गुर्भाकोट नेकपा एमालेमा मतदान, टोल–टोल एमाले, घर–घरमा एमाले भन्ने मूल नाराको साथ गुर्भाकोट नगरपालिका वडा नम्बर ९ को आयोजनामा मंगलबार भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद ध्रुव कुमार शाही प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रदेश ख का सांसद खडक बहादुर खत्री, प्रदेश कमिटी सदस्य मान बहादुर खत्री, जिल्ला कमिटी सदस्य तिलक बहादुर खत्री, खुम ब डाङ्गी, महिला नेतृ शुशिला बि.क., नगर कमिटी अध्यक्ष देब बहादुर खत्री, वडा नम्बर ९ का वडा अध्यक्ष तथा नगर सचिव शशिराम भट्टराई, नगर कमिटीका पदाधिकारीहरु, जनवर्गिय सङ्गठनका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
नेकपा एमाले वडा नम्बर ९ का अध्यक्ष पहलमान घर्तीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको कार्य को सञ्चालन वडा कमिटी सचीव छवि डाँगीले गर्नुभएको थियो । उक्त प्रशिक्षण कार्यक्रमबाट नेकपा एमालेका विभिन्न जन बर्गीय संगठनहरु गठ्न गरिएको थियो ।
प्रदिप घर्तीको अध्यक्षतामा ४१ सदस्यीय रास्ट्रिय युवा संघ नेपाल वडा कमिटी र कश्मिरा सुनारको अध्यक्षतामा ३५ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी गठन गरिएको छ । मोहन परियारको अध्यक्षतामा २९ सदस्यीय दलित मुत्तिमोर्चा वडा कमिटी, नोखेन्द्र कुमार खत्रीको अध्यक्षतामा ३१ सदस्यीय किसान महासंघ वडा कमिटी गठन गरिएको छ ।
साथै लामो समयदेखि नेपाली काँग्रेसको क्रियाशिल सदस्यको रुपमा काम गर्नुभएका गुर्भाकोट–९ (नादेकोट) का चन बहादुर डाँगी नेकपा एमाले प्रबेश गर्नुभएको थियो ।
साथै उक्त कार्यक्रममा आगामी निर्बाचनमा नेकपा एमालेलाई कसरी १ नम्बर पार्टी बनाउन सकिन्छ त्यसरी अगाडी बढ्नुपर्नेमा नेकपा एमाले गुर्भाकोट नगर कमिटी अध्यक्ष देब बहादुर खत्री, वडा नम्बर ९ का वडा अध्यक्ष तथा नेकपा एमाले गुर्भाकोटका सचिव शशि भट्टराई लगायतका नेताहरुले निर्देशन दिनुभएको थियो ।







