प्राज्ञिक विद्यार्थी परिषद्ले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मुगु,६ असोज ।
प्राज्ञिक विद्यार्थी परिषद्ले ७३ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री बुधबार वितरण गरिएको छ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको सेवाकार्य अन्तर्गत मुगुकाे छायाँनाथ रारा नगरपालिका वडा नं १ गमगढी मा रहेको महाकाली नमुना माध्यमिक विद्यालय कक्षा ११ र १२ मा अध्ययनरत ७३ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र बहादुर मल्ल , प्रमुख अतिथि छायाँनाथ नगरपालिका की नगर उप-प्रमुख ऐश्वर्य मल्ल , बिशिष्ट अतिथि मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत , ससस्त्र प्रहरी नायब उपरीक्षक श्री डम्मर बहादुर राना,
जिल्ला समन्वय इकाई प्रमुख सुर्य बहादुर खत्री, सामाजिक विकास कार्यालय प्रमुखटोप बहादुर बुढा ,महाकाली मा वि का प्राचार्य खड्क बहादूर रोकाय लगायत महाकाली मा वि का सम्पूर्ण शिक्षकहरूको उपस्थिति रहेको प्राज्ञिक विद्यार्थी परिषद् कर्णाली प्रदेश सचीव जानकि आचार्यले बताएकि छन् ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]







