रामघाटमा बजार अनुगमन : बिउ-बिजन सहित औसधिजन्य किट बरामद

दिलिप ढकाल,
कात्तिक ३ सुर्खेत ।
चाडपर्ब नजिकिए संगै देशैभर बजार अनुगमन गर्ने क्रम चलिरहेकै बेला जिल्लाको भेरिगंगा नगरपालिकामा पनि चाड पर्ब लक्षित बजार अनुगमन गरिएको छ। भेरिगंगा नगरपालिकाले बिभिन्न समयमा गर्दै आएको अनुगमन लाई निरन्तरता दिने क्रमममा चाडपर्ब लाई लक्षित गर्दै बजार अनुगमन गरेको हो। अनुगमनको दोस्रो दिन आज रामघाट बजारमा अनुगमन गरिएको हो।
उपभोक्ता हित संरक्षण समितिको संयोजक एबम भेरिगंगा नगरपालिका उप प्रमुख धनसरा बोहोराले आफ़ुले सामान खरिद गर्दा अनिवार्य उपभोग्य मिति हेर्न तथा ब्यापारी लाई पनि म्याद सकिएको सामान बिक्रि वितरण नगर समेत आग्रह गर्नु भएको हो।
अनुगमन का क्रममा एग्रोभेट,मेडिकल,नास्ता पसल,खाध्या तथा किराना पसल,कोल्ड स्टोर लगाएत अन्य पसलमा अनुगमन गरिएको थियो। एग्रोभेटमा अनुगमन गर्दा म्याद सकिएका बिउ बिजन, बिषादी, पशुपंक्षीको औसधिहरु,लगाएतका सामान हरु बरामद गरिएको थियो भने मेडिकलमा अनुगमन गर्दा मिति सकिएका औसधि सहित डेंगु रोग बिरुद्द लगाउने सुई को किट समेत बरामद गरिएको छ। बरामद गरिएको औसधि संचालक तथा एग्रोभेट संचालक हरु लाई आगामी दिनमा यसरि म्याद सकिएका औसधि जन्य सामाग्री तथा बिउ बिजन बिक्रि बिराना नगर्न सचेत गराइएको छ।
साथै रामघाट बजारमै संचालनमा रहेका नास्ता पसलमा अनुगमन गर्दा शरिर लाई असर गर्ने रङ्गहरु प्रयोग गरि बनाईएको खान अयोग्य जेरिओ बरामद गरिएको छ। साथै नास्ता पसल संचालक हरु लाई आगामी दिनमा यसरि नास्तामा रङ्ग हालेर नबनाउन तथा बिक्रि वितरण नगर्न समेत सचेत गराइएको छ। अनुगमनको क्रममा अधिकांश पसलमा मुल्य सुची नराखेको, नबिकरण नगरिएको,म्याद गुज्रेका सामग्री भेटिएको , विल लिने दिने नगरेको, पसल तथा व्यवसाय व्यवस्थीत नगरेको, सबै किसिमका साग्री एकै ठाउँ राखिएको तथा सरसफाईमा पनि ध्यान नदिएको पाईएको छ।
म्याद गुजरीएको सामान अनगमन टोलीले नियन्त्रण लिएको छ । साथै अनुगमन गर्दा देखिएका कमि कमजोरी लाई छिट्टै सुधार गर्न ब्यापारी हरु लाई अनुरोध गरिएको अनुगमन टोलीको संयोजक चित्रा डाङ्गीले जानकारी दिए ।
अनुगमनमा भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल,नगर उप प्रमुख धनसरा बोहोरा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल, भेरीगंगा नगरपालिका प्रशासन प्रमुख सिता खत्री, जनस्वास्थ्य निरीक्षक (अधिकृत छैटौ) अर्जुन चपाई ,कृषि शाखा प्राबिधिक भिम कुमारि अधिकारी, पशुपंक्षी बिकास शाखा प्रमुख भोज प्रसाद चपाई , उधोग वाणिज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल, योजना तथा अनुगमन शाखा प्रमुख पिताम्बर पौडेल,भेरीगंगा नगरपालिका वडा न ११ का वडा अध्यक्ष जय बहादुर नेपाली, वडा नम्बर ५ का वडा अध्यक्ष प्रेम सारु,घरेलु महासंघ भेरीगंगाका अध्यक्ष रघुवीर मिजार,पत्रकार एवं उधम बिकास सहजकर्ता लाल बहादुर कार्की, सुनिता जैसी तथा सुरक्षाकर्मी को उपस्थिती रहेको थियो ।






